मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अन्तर्वार्ता   
अमेरिका समाचार   

कठिन बन्दै डंकी रुट समातेर अमेरिका आउनेका सपना

कठिन बन्दै डंकी रुट समातेर अमेरिका आउनेका सपना

बिजय घिमिरे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय घिमिरे

अमेरिका- नेपालको मध्यपश्चिम क्षेत्रका युवा श्याम (गोपियनताका लागि नाम परिवर्तन) झण्डै पाँच महिना पछि अमेरिका छिरे ।

उनी भन्छन्-हामी मेक्सिकोवाट अमेरिका भित्र छिर्दा सिमा खुलै थियो । दलालले अब जा भने,  हाम्रो समुह अमेरिका पस्यो । कसैले रोकतोक गरेन, केही घण्टा पछि सीमा प्रहरीले पक्राउ गर्यो । यो हामीले चाहेकै थियौं ।

अहिले श्यामलाई इमिग्रेशनसँग सम्वद्ध निकायमा हाजिर हुने गरी तारिखमा छाडिएको छ । हिजोआज उनको एउटै मात्र उद्देश्य छ-बढी भन्दा बढी घण्टा काम गर्ने र त्यहाँवाट आउने पैसावाट अमेरिका आउँदाको ऋण तिर्ने । यसका लागि उनलाई अझ केही बर्ष लाग्ने छ । यस बीचमा उनले यहाँ स्थायी रुपमा बसोवास गर्ने अधिकारी पाउनका लागि पनि कानुनी प्रकृयाको शुल्क पनि तिर्नु पर्ने छ ।

श्याम भन्छन् अमेरिका आउंदा पाँच महिनामा करिब ७५ लाख रुपैंया सकियो । दुवईमा भेटिएका हस्त गौतमले अमेरिका छिराईदिने भन्दै २५ लाख रुपैंया लिए । तर, काम गरेनन् । त्यही बस्नुपर्यो । २ महिनाका दुवईको भिजिट भिसा सकिन लागेपनि श्याम आफैले जोखिम लिदै डंकी रुट तर्फ लागे । एक पछि अर्को दलाललाई पैसा तिर्दै ।

हस्त गौतम केही समय अघि नेपालमा पक्राउ परे । श्यामलाई चिन्ता छ अव त्यो २५ लाख रुपैयाँ कसरी फिर्ता लिने ।

सीमा खुला भएकाले श्यामलाई मेक्सिकोवाट अमेरिका छिर्न कठिन त भएन । उनी यसमा अरू भन्दा केही भाग्यमानी पनि भए । आफ्नो गतव्य छिरे । कयौं भने अमेरिका सम्म आईनै पुग्दैनन् । पैसा मात्र सकिन्छ । केहीले ज्यान समेत गुमाए ।

काठमाडौवाट हिडेंका पाँच महिना निकै कष्टप्रद भएको उनी सुनाउँछन् । पानामाको जंगलमा केही नखाई तीन दिन हिड्नु पर्यो । आफुसँग भएको पैसा बीचका देशमा पर्ने सेना, पुलिसदेखि लिएर लागु अाैषधका तस्करहरूले खोसिदिने । ‘यतिसम्म भयो कि हामीलाई केही ठाउँमा नाङ्गै पारेर शरिर खानतलासी गरियो । त्यहाँ उनीसँग भएका सबै पैसा लिइयो । आफुसंगै हिडेका मरेको पनि देख्नु पर्यो ।

तर, पनि उनले केही पैसा लुकाएर बचाए । कसरी ? उनी भन्छन् मैले मोवाइल फोनको चार्जरलाई खोलेर त्यहाँभित्र पैसा राखेको थिए उनीहरुले थाहा पाएनन । मोवाइल चार्जरनै भन्ठाने । यसरी केही पैसा बचाएँ।

मध्येपश्चिमवाट यसरीनै डंकी रुटबाट अमेरिका छिरेका अर्का युवा भन्छन्- मैले झोलालाई काटेर त्यहाँ भित्र पैसा राखेर थाहा नपाउने गरी सिलाएको थिएँ । उनको पनि यस्तै व्यथा छ । राम्रो कमाई हुने काम पाएका छैनन ।

गाउँमा हुँदा राजनीतिक गरे । जनप्रतिनिधि पनि बने । तर, के पुगेन के अरुको देखासिकीमा अमेरिका हिंडे । ७० लाख रुपैंया खर्च भयो ७ महिना लाग्यो अमेरिका छिर्न । दुख्ख कति कति ?

यी युवा अमेरिका त छिरे । उनीहरु खुशी छन त ? छैनन् । श्यामको परिवार नेपालमा छ । यहाँ स्थायी बसोवासका लागि कानुनी परामर्श लिईरहेका छन् । यो सजिलो छैन । लामो समय लाग्न सक्छ । अमेरिकामा स्थायी बसोवास अनुमति नपाईकन परिवार ल्याउन पाइदैन । एक्लै बस्नु पर्ने हुन्छ । घर परिवारको सम्झना आईनै रहन्छ ।

उनले पठाएको पैसाले देशको अर्थतन्त्रमा विदेशी मुद्रा थपिएको छ । सरकारले राजश्व पाएको छ । अर्थमन्त्री , राष्ट्र बैंक गभर्नरलाई अर्थतन्त्र राम्रो भयो भन्दै तथ्यांक दिन सजिलो भएको छ । राजनीति गर्ने, सांसद मन्त्रीले पैसा पाएका छन् । बृद्ध भत्तापनि दिईएको छ । तर, त्यो पैसा देशलाई जुटाईदिने श्यामको यथार्थ कथा भने मलिन छ । निराश छ ।

अमेरिकाले यो साता श्याम जस्तै सीमावाट छिर्नेलाई कडाई गर्ने नीति लिएको छ । राष्ट्रपति जोसेफ वाइडेनले सम्वन्धित निकायलाई यसरी अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेलाई रोक्न आदेश दिएका छन् ।

मेक्सिकोसँग जोडिएको टेक्सस राज्यले केन्द्रलाई समेत रोकेर आफैंले सिमामा कडाई गर्न थालेको छ । टेक्ससले सकेसम्म आफ्नो सिमावाट कसैलाई अवैध रुपमा छिर्न नदिने नीति कार्यान्वयन गर्दै आएको छ । टेक्ससले अवैध रूपमा अमेरिका छिर्नेलाइ धमाधम पक्राउ गरेर देश निकाला गर्ने नीति लिएको छ ।

टेक्ससको यो नीतिले ह्वाइट हाउस र टेक्सस राज्य बीच टकरावको स्थिति आएको छ । यही भएर ह्वाइट हाउस पनि केही थप कडाई गर्न वाध्य भएको हो ।

अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस पटक पनि पुरानो सत्तारुढ पार्टी रिपब्लिकनवाट डोनाल्ड ट्रम्पनै उम्मेदवार हुने संभावना बलियो भएर गएको छ । ट्रम्प इमिग्रेशन प्रति अनुदार छन् । उनले अमेरिका मेक्सिको बोर्डर समेत बन्द गर्नु पर्ने वताउंदै आएका छन् । यही कारण पनि इमिग्रशन मामिलामा केही उदार मानिएको डेमोक्र्याटीक पार्टीलाई अमेरिका मेक्सिको सिमावाट जथाभावी अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरुलाई हत्तँेत्साहित गर्ने नीति ल्याउन वाध्य छ ।

ह्वाइट हाउस प्रशासन दक्षिण सिमामा कडाई गर्ने मात्र होइन अवैध रुपमा अमेरिका प्रवेश गर्ने र गरेकालाई छिटो निर्णय दिने पक्षमा छ ।

अमेरिका भित्र प्रवेश गरेपछि धेरैले यहाँ स्थायी रुपमा बसोवास गर्न आश्रय माग गर्छन । यसवारेमा निर्णय हुन ६ महिना देखि १० बर्षसम्म लाग्ने गरेको छ । ह्वाइट हाउस यसलाई कम गरेर ६ महिनामै आश्रयको छिनोफानो गर्ने पक्षमा छ ।

आउने निर्वाचनमा रिपब्लिकन पार्टीले राष्ट्रपति जितेमा इमिग्रेशन अझ कडाई हुने छ । रिपब्लिकनहरु इमिग्रेशन मामिलामा कडा र अनुदार छन् । यस अवस्थामा चुनाव अघि र यस पछि पनि डंकी रुट समातेर आउने अप्रावासीलाई अमेरिका छिर्न र यहां आश्रय पाउन निकै कठिन हुने छ ।

श्याम भन्छन् अमेरिकामा यस्तो भईरहेको छ हिंडेर डंकी हुदैं अमेरिका नआउनु राम्रो हुन्न भनेर गाउंमा साथी भाईलाई भन्यो भने कसैले पत्याउंदैन । त्यहां अर्को समुह अमेरिका आउन तयार भईसकेको छ । तर यर्थाथ बल्लै छ ।

चुप लागेर नै वस्ने हो काम गरेर ऋण तिर्न सकियो भने हुन्थ्यो म अमेरिका त आउं तर नेपालवाट यहां आउने मेरो निर्णय सही हो वा होइन मैले अहिले पनि केही भन्न सक्दिन श्याम भन्छन तर, यो नै जिन्दगी रहेछ ।