मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

अमेरिकाको बोस्टनमा ४४ जनाले गरे रक्तदान

अमेरिकाको बोस्टनमा ४४ जनाले गरे रक्तदान


अमेरिकाको बोस्टन सहरमा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्। कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका( BDA), मासाच्युसेट्स च्याप्टरले जनवरी २० तारिख शनिवारका दिन 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिर रहेको सामुदायिक भवनमा आयोजना गरेको थियो। रक्तदान, जीवन दान’ भन्ने कथनलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा, मासाच्युसेट्स जनरल हस्पिटलको प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रम बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन भएको थियो। प्रतिकूल मौसमका बावजूद पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

ब्लड डोनर्स अफ अमेरिका( BDA), मासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापाले मौसम प्रतिकूल हुँदा हुदै पनि रक्तदाताहरुको संख्या उल्लेखनीय रहेको र सहभागिता उत्साहजनक भएको बताउदै खुशी व्यक्त गरे। उनले भने, ‘मौसम प्रतिकूल भयो। तर, रक्तदाताहरुको संख्या उल्लेखनीय र सहभागिता उत्साहजनक रह्यो। हामी धेरै खुशी छौं।’ अध्यक्ष थापाले सहयोगी संघ संस्था, प्राविधिक सहयोगी मासाच्युसेट्स जनरल हस्पिटल, रक्तदाताहरु तथा अन्य सहयोगीहरुलाई धन्यवाद दिदै भने, ‘कार्यक्रम सम्पन्न गर्न अमूल्य सहयोग गर्ने संघ संस्था, मास जनरल हस्पिटल, रक्तदाताहरु तथा अन्य सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दछु।’

रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा स्थापना भएको मुनाफारहित यस संस्था बिडिए(BDA)को शाखाको रुपमा गत अक्टोबर ११, २०२३ मा मासाच्युसेट्स च्याप्टर गठन गरिएको थियो। लामो समयदेखि रक्तदान अभियानमा सक्रिय रहदै आएका राम थापाको नेतृत्वमा गठित मासाच्युसेट्स च्याप्टर, संस्थाको उद्देश्य अनुसार सक्रिय भएको छ। र, आगामी दिनहरुमा पनि थप सक्रिय भइ रक्तदान तथा यससंग सम्बन्धित क्रियाकलापहरुलाई निरन्तरता दिदै जाने संस्थाले जनाएको छ।