मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

नेपाली महावाणिज्यदूतावासले एनआरएनएको संयोजनमा बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर गर्ने

नेपाली महावाणिज्यदूतावासले एनआरएनएको संयोजनमा बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर गर्ने


अमेरिकाको न्यू योर्क सहर स्थित नेपाली महावाणिज्यदूतावासले म्यासाच्युसेट्स राज्यको बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर गर्ने भएको छ। म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने नेपाली समुदायलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्ने उद्देश्यले कन्सुलर सेवा घुम्ती शिविरको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा यही आउदो फेब्रुरी ३ र ४ तारिख (शनिवार र आइतवार)का दिन Alewife Brook Park way, Cambridge, MA-02138 मा गर्ने गरी आवश्यक तयारी गरिएको छ। यस सम्बन्धमा जानकारी दिदै महावाणिज्यदूतावास न्यू योर्कले यस क्षेत्रका सम्बन्धित सेवाग्राहीहरुलाई आवश्यक कन्सुलर सेवाहरु उक्त घुम्ती शिविरबाट लिन अनुरोध गर्दै सूचना जारी गरिसकेको छ।

प्राप्त जानकारी अनुसार उक्त कन्सुलर सेवा घुम्ती शिविरमार्फत सेवाग्राहीहरुलाई राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्रको आवेदन संकलन, अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), पर्यटक भिषा जारी(Tourist Visa), अन्य Attestation सम्बन्धी कागजातहरुका
सेवाहरु प्रदान गरिने छ।

कार्यक्रमको संयोजन गरिरहेको सहयोगी संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले उक्त कन्सुलर सेवा घुम्ती शिविरलाई प्रभावकारी तथा उपलब्धिमूलक बनाउन नेपाली महावाणिज्यदूतावाससंगको सल्लाह बमोजिम आवश्यक तयारी भैरहेको बताए। घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु लिन वासिङटन डिसी वा न्यू योर्क स्थित महावाणिज्यदूतावास पुग्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरबाटै सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए। उनले दैलोमै आइपुग्ने यस घुम्ती शिविरबाट बढी भन्दा बढी सेवाहरु लिइ लाभान्वित हुन प्रवासी नेपाली समुदायका सेवाग्राहीहरुलाई अनुरोध गर्दै भने, ‘आफ्नै घर दैलोमा सेवा लिने अवसर जुरेको छ। यस अवसरलाई सक्दो सदुपयोग गरेर आवश्यक सेवाहरु लिइ लाभान्वित हुन सबैलाई अनुरोध गर्दछौं।’

उक्त शिविरबाट करिब दुइसय सेवाग्राहीहरुले सेवा लिने अनुमान गरिएको छ। नेपाली महावाणिज्यदूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीका लागि महावाणिज्यदूतावास, न्यू योर्कको आधिकारिक वेबसाइडमा हेर्न अनुरोधसमेत गरेको छ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नु होला।