मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

एनएएचको साधारण सभा सम्पन्न, अब आजीवन सदस्यलाई मात्र मताधिकार

एनएएचको साधारण सभा सम्पन्न, अब आजीवन सदस्यलाई मात्र मताधिकार

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन- अमेरिकी राज्य टेक्ससको ह्युस्टनमा रहेको नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन ( एनएएच) को वार्षिक साधारण सभा गत आइतवार ह्युस्टनस्थित आशियाना रेष्टुँरामा सम्पन्न भएको छ।

अध्यक्ष रविन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका करिब ५० जना आजीवन सदस्यहरुको सहभागिता रहेको थियो।साधारण सभाले नियमित प्रकिया अन्तर्गत आफ्नो विधानमा केही संशोधन गरेको छ। संशोधित विधानले अब एनएएचको कार्यसमितिमा चुनिन र मतदान प्रक्रियामा सहभागी हुन आजीवन सदस्य हुनै पर्ने प्रावधान राखेको छ। ह्युस्टनमा बस्ने नेपाली मुलका जो-कोहीले निःशुल्क साधारण सदस्य बन्न सक्ने व्यवस्था गरेको संशोधित विधानले अब आइन्दा एनएएचको सभा, बैठक, कार्यसमिति चयन लगयातका गतिविधिमा सहभागी भएर मताधिकार प्रयोग गर्ने अधिकार आजीवन सदस्यलाई मात्र रहने व्यवस्था लागु गरेको छ।

१० डलर तिरेर साधारण सदस्य हुन पाउने पुरानो प्रावधान भएपनि एकपटक सदस्य भएपछि कसैले पनि सदस्यता नवीकरण नगर्ने गरेकाले एनएएचले आफ्नो विधान परिवर्तन गरेर साधारण सदस्यलाई निशुल्क बनाउने र आजीवन सदस्यलाई मात्र मताधिकार रहने व्यवस्था मिलाएको हो।
ज्योति घिमिरे, ज्ञानेश्वर श्रेष्ठ र आरिश खरेलको तीन सदस्यीय विधान समितिले कार्यसमितिको सर्वसम्मत निर्णय सहित साधारण सभामा प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव साधारण सभाले केही छलफल पश्चात पारित गरेको थियो।

सुवास सिंम्खडा, डा. विजय झा, विजय बोखिम लगायतका आजीवन सदस्यहरुले विधानको नयाँ प्रावधानले सर्वसाधारण नेपालीहरुको सहभागितालाई संकुचन गर्ने संभावना रहेकाले विधानले व्यवस्था गरेको २५० डलरको एकल र ५०० डलरको पारिवारिक आजीवन सदस्यताको व्यवस्था केही खुकुलो पारिनु पर्ने सुझाव प्रस्तुत गरेका थिए। साधारण सभामा कोषाध्यक्ष निषेध खनालले आर्थिक प्रतिवेदन, सहसचिव मनिष मुनङ्कमी पशुपति मन्दिर एवं हिमालयन कल्चरल सेन्टरको प्रस्तावित गुरू योजनाको खाका प्रस्तुत गरेका थिए भने प्रथम उपाध्यक्ष द्रोण गौतम र सचिव डा. कौशल झाले सभा संचालनमा सहजीकरण गरेका थिए।