मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   
मुख्य समाचार   

अमेरिकाको मूलधारमा कनेक्टिकटमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद सदस्यमा नियुक्त ,मूलधारमा नेपालीहरुको प्रवेश बढ्दो

अमेरिकाको मूलधारमा कनेक्टिकटमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद सदस्यमा नियुक्त ,मूलधारमा नेपालीहरुको प्रवेश बढ्दो

विजय थापा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको मूलधारमा कनेक्टिकट राज्यको  ब्रान्डफोर्ड शहरमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद सदस्यमा नियुक्त भएका छन् । उनलाई जनवरी १७ बुधबारका दिन ब्रान्डफोर्डको बोर्ड अफ सेलेक्टमेन्ट(चयन समिति)ले नियुक्त गरेको हो ।

ब्रान्डफोर्ड शहरको लागि डेमोक्र्याटिकको तर्फबाट श्रेष्ठलाई रिप्रिजेन्टेटेटिभ टाउन मिटिङ्ग अर्थात् आरटिएम (नगर परिसद सदस्य)मा नियुक्त गरिएको हो  । आज उनलाई अपरान्ह  उक्त शहरमा बसेको बैठकले उनलाई नियुक्त गरेको हो ।

उनलाई ब्रान्डफोर्ड शहरको जिल्ला ४ बाट डेमोक्र्याटिकको तर्फबाट नियुक्त गरिएको छ  । उनि सहित त्यही शहरमा नेपाली मूलका कूल ३ जना व्यक्तित्वहरु निर्वाचित तथा नियुक्त भएका छन् । यसरी मूलधारमा काम गर्नेहरुमा व्यवसायी तथा समाज सेवी राम चन्द्र श्रेष्ठ जो अहिले शिक्षा समितिको निर्देशकमा निर्वाचित भएका छन् । राम चन्द्र श्रेष्ठ यो भन्दा अगाडी नगर परिषद सदस्यमा एक पटक मनोनित र २ पटक निर्वाचित भएका थिए । उनि एकै पटक दुई वटा पदमा निर्वाचित भए पछि नगर परिषद सदस्य आरटिएमबाट राजिनामा दिएका थिए ।

अर्का नेपाली मूलका चिरन न्यौपाने पनि नगर परिषद सदस्यमा समेत निर्वाचित भएका छन् भनि रिपब्लिकन दलको तर्फबाट निर्वाचित भएका हुन्  । उनि पहिले नियुक्त भएका थिए भने गत निर्वाचनमा आरटिएम अर्थात् नगर परिसद सदस्यमा निर्वाचित भएका छन् ।

को हुन् ज्ञानु श्रेष्ठ :   श्रेष्ठको जन्म नेपालको  जनकपुर अञ्चल, दोलखा जिल्ला, भिमेश्वर नगर पालिका वडा नम्बर २ (डोकुवली टोल)मा भएको हो ।अमेरिकामा सन २००१ देखी बसोबास गर्दै आएका श्रेष्ठ २००१ देखी २०१० सम्म न्यूयोर्कमा बसे । सन् २०१० देखि अर्थात् बिगत १४ बर्ष कनेक्टिकट राज्यमा परिवार सहित बस्दै  आएका छन् ।

काठमाडौँको मेकानिकल ईन्जिनियरिङ थापथली क्याम्पसबाट स्नातक तथा त्रिभुवन बिश्वबिद्यालय बाणिज्यमा  स्नातक समेत गरेका छन् । अमेरिका आए पछि
उनले स्वेडिश ईन्स्टिच्युट कलेज अफ हेल्थ साइन्स न्युयोर्कबाट मसाज थेरापी (मालिस उपचार )बिषयमा स्नातक गरेका छन् । उनि बिभिन्न सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।

सोसाईटी अफ नेपलिज इन अमेरिका, ब्रान्फोर्ड, कन्नेक्टिकटमा पाच कार्यकल (अर्थात् १० बर्ष) प्रविधि निर्देशकको पदमा आफ्नो जिम्मेवार पुरा गरे । यसको साथै अमेरिकी नेपाली महोत्सव २०२३ को मूल समारोह समितिमा रहेर कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न योगदान गरे ।

उनि ब्रान्डफोर्ड शहर मै बिगत १४ बर्ष देखी स्पा व्यवसाय ( खनिज जलीय शृंगारगृह  )को ब्यबसायमा संलग्न रहेका छन् । उनि सहित अमेरिकामा हाल सम्म दर्जनौ नेपालीहरुको राजनीतिमा प्रवेश गरेका छन्  ।

नगर परिषदमा मात्रै करिव आधा दर्जन नेपालीहरु मुलधारमा प्रवेश गरेका छन् । यो क्रम बढ्दो छ । तर अमेरिकी मूलधारमा आधा दर्जन पराजित पनि भएका छन्  ।

अमेरिकामा  मुलधारमा खाता खोल्ने मेरील्याण्ड राज्यको इन्डियन हेड शहरका लागि उप प्रमुख किरण सिटौला हुन् । त्यस पछि अमेरिकी इतिहासमा पहिलो पटक मेरिल्याण्ड राज्यबाट बिधान सभा सदस्य अर्थात् सांसद हुने पहिलो व्यक्ति डा ह्यारी भण्डारी हुन् । उनि २ पटक बिजयी भएका छन् भने अहिले पनि उनि सांसद हुन् । यसै गरि न्यूयोर्कबाट पनि सांसद पदमा सराह्रना श्रेष्ठले खाता खोल्दै पहिलो जनप्रतिनिधि हुने अवसर पाएकी छिन । उनि  अमेरिकामा नेपाली महिलाको तर्फबाट सांसद पदमा निर्वाचित हुने पहिलो महिला हुन् र न्यूयोर्क राज्यमै सांसद हुने पहिलो नेपाली हुन् ।