मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

नेपाली समाजको नयाँ नेतृत्वद्वारा पदभार

नेपाली समाजको नयाँ नेतृत्वद्वारा पदभार


नव निर्वाचित अध्यक्ष वाग्ले

ड्यालस (टेक्सस) । गत डिसेम्बर तेस्रो साता निर्वाचित नेपाली समाज टेक्ससको नयाँ कार्य समितिले शनिबारदेखि पदभार ग्रहण गरेको छ ।

एक विशेष र भव्य कार्यक्रमबीच नयाँ कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख बैकुण्ठ बिक्रम थापाले पदको शपथ ग्रहण गराएका थिए । गत डिसेम्बर २३ मा भएको निर्वाचनबाट राजेन्द्र वाग्लेको नेतृत्वमा नेपाली समाज टेक्ससको नेतृत्व निर्वाचित भएको छ ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष वाग्लेले संस्थाका सबै सदस्यहरुले गर्व गर्नेगरि नयाँ कार्यकालमा समुदायका लागि काम गर्ने प्रतिवद्धता गरे । नयाँ टिम, नयाँ स्पिरिटका साथ सबैले गर्व गर्नेगरि काम गर्ने उनले बताए । सोही अवसरमा निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी कमल सत्यालले संस्थाको नेतृत्व भन्दा बाहिर रहेर पनि समुदायका हितका लागि सहयोग गर्ने सदा तत्पर रहेको बताए ।

कार्यक्रममा बेडफोर्ड सिटीका मेयर डन कोगन, नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल लगायते नयाँ कार्यसमितिलाई शूभकामना सहित सहकार्यका लागि तयार रहेको बताए ।

कार्यक्रममा नवनिर्वाचित महासचिव विजय भुसाललाई निवर्तमान महासचिव सन्देश उप्रेतीले संस्थाको माइन्युट हस्तान्तरण गरेका थिए । त्यस अवसरमा संस्थाको निर्वाचनमा सहयोग गर्नेहरुलाई निर्वाचन समितिका तर्फबाट प्रशंसापत्र समेत वितरण गरिएको थियो ।

नेपाली समाज टेक्सस २५ वर्ष अघि स्थापना भएको संस्था हो । केही महिना अघिमात्र नेपाल समाज टेक्ससले आफ्नो रजत जयन्ति भव्य रुपमा मनाएको छ ।