राष्ट्र संघमा नेपालको सम्बोधन: नाकाबन्दी लगाउन पाईदैन

 न्युयोर्क  । उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा वस्तु र सेवा प्रवाहलाई अवरोध गर्न नहुने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई आज यहाँ सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डला नेता उहाँले भूपरिवेष्टित विकासोन्मुख मुलुकका ४५ करोड जनताको जीवन परिवर्तन गर्ने भिएना कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो ।…