मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मोदी बनेर टेक्सास झुल्कदै मनोज गजुरेल, एक चोटी अवश्य हेर्नुहोला ( भिडियो सहित )

मोदी बनेर टेक्सास झुल्कदै मनोज गजुरेल, एक चोटी अवश्य हेर्नुहोला ( भिडियो सहित )


हिमालयखवर । टेक्सास, अमेरिका ।
अक्टोवर ३०, २०१५ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेर निकै चर्चित नेपाली हास्यव्यङ्ग्य क्षेत्रका वरिष्ठ कलाकार मनोज गजुरेलको हास्यव्यङ्ग्य कार्यक्रम अमेरिकाको टेक्सास स्थित ड्यालसमा  हुने भएको छ । आगामी  नोबेम्बर ६ तारिक शक्रवार टेक्सास नेपाल परोपकार समितिको आयोजना तथा नेपाली समाज टेक्सासको  सहयोगमा कार्यक्रम हुने भएको हो । 
 
शुभ दिपावलीको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कलाकार गजुरेलको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा गजुरेली विश्लेषण हुनेछ ।
 
 पूर्व राजा ज्ञानेन्द्रदेखि बिभिन्न नेताहरुको क्यारिकेचर गर्न खप्पिस कलाकार गजुरेलले  क्यारिकेचरको माध्यमबाट नेपाली राजनीतिप्रति तिखो व्यङ्ग्य गर्दै आएका छन् । 
पछिल्लो समयमा नेपालमा अघोषित भारतीय नाकाबन्दीको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरेर उनी निकै चर्चित बनेका छन् । 
 
यहाँको कार्यक्रममा पनि पछिल्लो समसामयिक राजनीतिक अवस्थादेखि अन्य विषयबस्तुमा समेत व्याङ्ग्यात्मक प्रस्तुति हुने हिमालय खवरसँगको कुराकानीमा गजुरेलले बताए । उनले कार्यक्रममा सहभागिताका लागि सबै नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई आग्रह पनि गरे  ।
 
रमाईलो रेण्टुरेण्ड 3225 W Airport Frwy Irving TX 75062 मा  साँझ ७:००  बजेदेखि सुरु हुने कार्यक्रम  टेक्सास नेपाल परोपकार समितिका संयोजक माला महतले बताइन् । उनले कार्यक्रमबाट उठेको सहयोग रकमले नेपालका विभिन्न क्षेत्रमा सहयोग गरिने बताईन ।  
 
‘हामीहरुले नेपालमा बाढीपहिरो, भुकम्प लगायतका विभिन्न प्राकृतिक प्रकोपसँगै गरिवी, अशिक्षित, महिलाहरुको लैंगिक विकास, शैक्षिक तथा आर्थिक वृद्धिमा टेवा पु¥याउने विभिन्न सहयोग गर्दै आईरहेका छौँ,’ हिमालयखवर सँग कुरा गर्दै उनले भनिन, ‘यो अभियानमा धेरैले साथ दिनुभएको छ, कतिपयले महिनाको १० डलर जम्मा गरिदिने वाचा गर्नुभएको छ । हाम्रो लागि यो निकै ठुलो कुरा हो, धन भएर नहुँदो रैछ मन चाहिँदो रैछ ।‘ उनले सहयोगी हातहरुलाई सधै स्वागत रहेको पनि बताईन् ।