मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन न्यू-जर्सी च्याप्टर अमेरिकाले दशैं मनायो

एनआरएन न्यू-जर्सी च्याप्टर अमेरिकाले दशैं मनायो


न्यू-जर्सी, यहि अक्टोबर २६ तारिकका दिन नेपाली जनसंपर्क समिति न्यू-जर्सी च्याप्टर तथा एनआरएन न्यू-जर्सी च्याप्टर अमेरिकाले सम्युक्त रूपमा बिजया दशमी र दिपावली-२०७२  को अवसरमा  शुभकामना आदान प्रदान गर्दै, भव्य रमाईलो गरी दशैं मनाएको छ ।
 
न्यू-जर्सीको एडिसनमा अवस्थित मिराज पार्टीहलमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू देखि न्यू-योर्कमा बसोवास गर्ने नेपालीहरू समेतको बाक्लो उपस्थिती रहेको थियो । नेपालको राष्ट्रिय गान बजाएर सुरूवात गरिएको उक्त कार्यक्रममा उपस्थित करिब दुइसय भन्दा ज्यादा नेपालीहरूको माझमा स्वागत मन्तव्य राख्दै नेपाली जनसंपर्क समिति न्यु-जर्सी च्याप्टरका सल्लाहकार राधे श्याम जोशीले  सबै नेपालीले आफ्नो चाडपर्वलाई यसरी नै एक भएर मनाउँनु पर्ने कुरामा जोड दिएका थिए ।नेपाली जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले यसरी सम्युक्त रूपमा गरिएको कार्यक्रमले  नेपालीहरूमा एकता ल्याउँने कुरा राखेका थिए ।
 
शुभकामना मन्तव्यकै क्रममा नेपाली जनसंपर्क समिति अमेरिकाका माहासचिब मुनिन्द्र बिक्रम नेम्बाङले  आफ्नो भाषा, धर्म, संस्कृतिहरू नै हामी नेपालीहरूको सान र पहिचान  भएकोले जहाँ रहेपनि यसलाई भुल्न नहुने कुरा औंल्याएका थिए । यसैगरी  एन आर एन अमेरिकाका पुर्व सह कोषाध्यक्ष संजिब श्रेष्ठले नयाँ संविधानले थोरै भए पनि प्रवासि नेपालीको मागहरूलाई सम्बोधन गरेको कुरा बताएका थिए ।
 
अन्य शुभकामना मन्तव्य राख्नेहरूमा एन आर एन न्यू-जर्सीका सभापति मुकुन्द ओझा, फ्रेन्स अफ नेपाल न्यूजर्सीका अध्यक्ष  डा. तुलसी महर्जन , एन आर एन न्युयोर्कका माहासचिब रामहरी अधिकारी लगायत थिए । उक्त कार्यक्रममा नेपाली जनसंपर्क समिति  अमेरिकाका सचिब भोज राज ठोकर, केन्द्रीय सदस्य पविता परियार, सुवास तामांग , न्यू(योर्क च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति  कमला पन्त र अमर तामांग, माहासचिब महेश मल्ल,कोषाध्यक्ष मोना शर्मा, लंग आइल्याण्ड च्याप्टरका सचिब सुमन हुँमागाई, न्यू जर्सी च्याप्टरका सल्लाहकार विश्व बराल लगायतको उपस्थिती रहेको थियो ।
 
दशैंमा रमाईलो गराउँनका निमित्त गित गाउनेहरूमा , पविता परियार, राम श्रेष्ठ , सम्राट कार्की र प्रेम सेन्चुरी थिए भने मिठो कविता शान्ता घिमिरेले वाचन गरेकी थिईन् । मनोरंजनलाई बिशेष ध्यानमा राखि अलिक फरक  ढाँचाले प्रस्तुत गरिएको  सो कार्यक्रमको संन्चालन नेपाली जनसंपर्क समिति न्यू-जर्सी च्याप्टर अमेरिकाका सचिब अनन्त न्यौपानेले गरेका थिए भने च्याप्टरका सभापति रण बहादुर केसीले उपस्थित हुनुभएका सबैलाई भेटेर शुभकामना व्यक्त गरेका थिए ।