मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका को शेरमान सहर मा दशैं साँझ सम्पन्न!

अमेरिका को शेरमान सहर मा दशैं साँझ सम्पन्न!


  हरेक वर्ष झैँ यसपाली पनि TEXOMA NEPALESE SOCIETY ले आयोजना गरेको "बिजया दशमी र दिपावली साँझ २०७२" अक्टोबर २५  तारिखका दिन मोटेल सिंक्स शेरमानको ड्यालस  हलमा सम्पन्न भएको छ। बिजया दशमी र दिपावली-२०७२  को अवसरमा  शुभकामना आदान प्रदान गर्दै, भव्य रमाईलो गरी दशैं मनाईएको छ।
 
उक्त कार्यक्रममा नेपाल तथा अमेरिकाको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरूवात गरिएको थियो। कार्यक्रम मा प्रमुख अतिथि नेपाली समाज नोर्थ ड्यालसका अध्यक्ष   बादल भुजेल र मुनेश कडेलको उपस्थिति थियो कार्यक्रम सुरूवात संगै युबराज बिश्वकर्माले   स्वागत मन्तब्य र राजेन्द्र वाग्लेले दशैं को महत्व माथि प्रकाश पार्नु भएको थियो। उक्त कार्यक्रममा लोक गायक भिम थापाले रमाइला लोकगीतहरु प्रस्तुत गर्दा उपस्थित सबैजना छम-छम नाचेका थिए। उक्त कार्यक्रम मा लोक गायक भीम थापा को प्रस्तुति र बिङ्गो खेल मुख्य आकर्षण रहेको थियो ।