मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा नेपाली जनसम्पर्क समितिको आयोजनामा शुभ-दिपावलीको कार्यक्रम हुने

टेक्ससमा नेपाली जनसम्पर्क समितिको आयोजनामा शुभ-दिपावलीको कार्यक्रम हुने


नेपालीहरुको दोस्रो महान पर्व शुभदिपावली २०७२को पावन अबसरमा टेक्सासको ड्यालसमा शुभकामना आदनप्रदान कार्यक्रम नेपाली जनसम्पर्क समिति ड्याल फोटवोर्थ च्याप्टर (नेजस) र वेस्ट टेक्सास च्याप्टरको संयुक्त आयोजनामा आउँदो नोभेम्वर ८ तारिख आईतबार हुने भएको हो । 
 
चाडपर्वको अवसरमा विदेशमा रहेका नेपालीहरुलाई एकजुट वनाई चाडपर्वको खुसीयाली साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेजस वेस्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले बताए । 
 
टेम्टेशन रेन्टुरेण्ड (लिटल नेपाल) अर्बिङ्गमा कार्यक्रम साँझ ३ बजेदेखि सुरु हुने नेजस ड्यालस फोटवोर्थ च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए । हिमालयखवरसँग कुरा गर्दै कार्कीले ड्यालस फोथवोर्थ वरिपरि बसोबास गर्ने सम्पूर्ण नेपाली भाषीहरुलाई शुभकामना आदनप्रदान कार्यक्रममा उपस्थिति हुन  सबैमा आग्रह गर्नु भएको छ  ।