मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पश्चिम अमेरिका नेपाली महासंघ WANA को पद हस्तानान्तरण कार्यक्रम सम्पन्न

पश्चिम अमेरिका नेपाली महासंघ WANA को पद हस्तानान्तरण कार्यक्रम सम्पन्न


पश्चिम अमेरिका नेपाली महासङ्घ वानाको पद हस्तानान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
विभिन्न राज्यहरुका प्रतिनिधिहरू सहित विशाल भेलाकोको बिच सस्थापक  अध्यक्ष उमा कार्की थापाले नव निर्वाचित अध्यक्ष उतम कार्कीलाई खादा ओडाइ सम्मान गर्दै सस्थाका दस्ताबेजको  प्याकेज बुझ बुझारथ गर्दै औपचारिक रूपमा हस्तानान्तरण गर्नु भएको छ।
 
उहाँले उत्तम कार्कीको नेतृत्वमा गठित सो सशक्त कार्य समितिले मह्त्वपूर्ण सफलता पाउने विश्वास गर्दै सस्थापक अध्यक्षको हैसियतले आफू सदा कार्य समितिको सहायक रहने र आवश्यक सहयोग पुर्याउने बताउनु भएको छ ।
 
उक्त समयमा नव निर्वाचित अधक्ष उत्तम कार्कीले सस्थाका दस्ताबेजहरू नव निर्वाचित महासचिव भरत बास्कोटालाई हस्तानान्तरण गर्दै औपचारिक रूपमा पदभार प्रदान गरेको घोषणा गर्नु भयो । सो पदभार सहर्ष स्वीकार गर्दै महासचिव बास्कोटाले वानालाई  नयाँ उचाइमा लाने प्रतिबद्धता जाहेर गर्नु भयो ।
 
त्यसै गरी वाना अध्यक्ष  उत्तम कार्की तथा नेपाल विश्व सहयोग सङ्घ का सस्थापक अध्यक्ष मणी नेपाली पनेरु बिच सस्थाको पार्ट्नरशिप सम्बन्धी औपचारिक वार्ता सम्पन्न भएको छ। सो वार्तामा ध्ब्ल्ब् महासचिव भरत बास्कोटा पनि सरीक हुनु भयो । सो अवसरमा वाना र एन ए जी सि लाई अझ बढी सहभागिता मूलक बनाउन, पारदर्शी  तथा प्रभावकारी आर्थिक ब्यब्स्थापना गर्न, भूकम्प पीडित क्षेत्रको पुनर्निर्माण तथा अन्तर राज्य सास्कृतिक आदान प्रदान तथा पश्चिम क्षेत्रमा कन्सुलर जनरलको स्थापना गर्न वातावरण श्रीजना गर्ने कुरामा सहमति भएको छ ।
 
पश्चिम अमेरिका नेपाली महासंघ पश्चिम अमेरिकामा कार्यरत नेपाली सङ्घ सस्थाहरुको साझा मन्च हो । यसको स्थापना केही वर्ष अघि मात्र सस्थापक अध्यक्ष उमा कार्की थापाको नेतृत्वमा स्थापित भई कार्य गर्न सुरु गरेको हो । यस क्षेत्रमा रहने नेपालीहरूको हितमा सबैजना सँग सवन्वय गरी अगाडि बढ्ने रणनिती लिएको यो सस्थाले छोटो अवधिमा नै आफ्नो सङ्गठनलाई प्रभावकारी बनाउन सफल भएको छ । २०१५ को सुरु तिर महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्य समितिले मह्त्वपूर्ण उपल्व्धी हासिल गर्ने अपेक्षा गरिएको छ ।