न्युयोर्क, सेप्टेम्बर २८ ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएको उपप्रधानमन्त्री प्रकाशमान सिंहले बताएका छन् । राष्ट्रसङ्घको ७०औँ महासभामा सहभागी राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार न्युयोर्क प्यालेस होटलमा दिएको रात्रिभोजको अवसरमा भेट हुँदा ओवामाले उक्त कुरा बताएका थिए । रात्रिभोजको बेला…