मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रपति चुनावको रौनक सुरु

राष्ट्रपति चुनावको रौनक सुरु


आउँदो वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावको माहौल सुरु भइसकेको छ । सन् २०१६ को नोभेम्बर ८ तारिखमा हुने चुनावका लागि डेमोक्रेटिक र रिपब्लिन पार्टीभित्र उम्मेदवारीका लागि आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । दुवै पार्टीका नेताहरु पार्टीको तर्फबाट चुनाव लड्ने टिकटका लागि आफ्नो चुनावी प्रचार अभियानमा छन् । दुवै पार्टीका तर्फबाट अहिलेसम्म २ दर्जनभन्दा बढीजनाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरुले चुनाव लड्ने खर्च जुटाएर उम्मेदवारको टिकट पाउन भरमग्दुर प्रयास गरेका छन् । अहिले टेलिभिजन कार्यक्रमहरु र पत्रकार सम्मेलनहरु मार्फत नेताहरुले आफ्ना भनाइ र विचार राख्ने क्रम जारी छ । यी उम्मेदवारहरुले उठाउने मुद्दामध्ये आप्रवासीको एजेन्डा बोक्नेमाथि नेपालीहरुको ध्यान र चासो छ ।

राष्ट्रपतिको उम्मदेवारीको प्रतिस्पर्धामा लागेका २ दर्जनमध्ये डेमोक्रेटिक पार्टीबाट बर्नी स्यान्डर्स र हिलारी क्लिन्टन अग्रपंक्तिमा छन् भने रिपब्लिकनका बेन कार्सन र डोनाल्ड ट्रम्प अग्रपंक्तिमा देखिन्छन् । हिलारी क्लिन्टन अहिलेकी विदेश मन्त्री हुन् भने बर्नी स्यान्डर्स सिनेटर हुन् । डोनाल्ड ट्रम्प व्यवसायी हुन् । बेन कार्सन अवकाशप्राप्त न्युरोसर्जन हुन् ।
यो चुनावका प्रतिस्पर्धीहरुमाथि नेपाली आप्रवासीहरुको पनि ध्यान छ । त्यसमा पनि कुन उम्मेदवारले आप्रवासीमाथिको व्यवहार र नीति कस्तो बनाउला भन्नेचाहिँ नेपालीहरुको चासोको विषय हो । अहिलेका उम्मेदवारहरुमध्ये आप्रवासीप्रति अत्यन्तै सकारात्मक भएर मुद्दा सम्बोधन गर्ने बोली डेमोक्रेटिक उम्मेदवार बर्नी स्यान्डर्सले बोलेका छन् । उनले भनेका छन्, ‘हाम्रो देश आप्रवासीहरुको हो । म आफैं एक आप्रवासी सन्तान हुँ । आप्रावासीको कथा व्यथा, मेरो कथा व्यथा र हाम्रो कथा व्यथा नै अमेरिकाको कथा व्यथा हो । मेहेनती परिवार नै आफ्ना बच्चाको उज्जवल भविष्यका लागि अमेरिका आइरहेका छन् । उनीहरुले आफ्ना छोराछोरीको भविष्यसहित अमेरिका पनि बनाइरहेका छन् ।’
हिलारी क्लिन्टनले पनि आप्रवासीकै पक्षमा बोलेकी छन् । उनले अवैध आप्रवासीलाई समेत ड्राइभिङ लाइसेन्स दिनुपर्ने तर्क गरेकी छन् । उनले अमेरिकालाई चुस्त दुरुस्त पार्न प्रखर व्यक्तित्वको आवश्यकता भएकाले आफू त्यही गतिमा अघि बढिरहेको बताएकी छन् । ‘प्रत्येक अमेरिकीहरु च्याम्पियन व्यक्ति चाहना राख्छन्, म त्यही च्याम्पियन बन्न चाहन्छु ।’
बेन कार्सनले मुसलमान व्यक्ति अमेरिकाको राष्ट्रपति बन्न नहुने तर्क गरेका छन् । भनेका छन्, ‘अमेरिकी मूल्य मान्यताअनुसारको व्यक्ति राष्ट्रपति हुने हो भने मुसलमान उपयुक्त हुँदैन । जब कि अमेरिकी संविधानले त्यस्तो रोकतोक गरेको छैन । तर मलाई भने मुसलमान व्यक्ति राष्ट्रपति नभएकै उचित लाग्छ ।’
डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आप्रवासी नीतिले अमेरिकाको विकासमा ठूलो फेरबदल ल्याउँछ । त्यसैले यसमा परिवर्तन चाहिन्छ । आप्रवासीका लागि नीति भने उनीहरुको तलब वृद्धि लगायत विषय हुन् । सीमामा सिल बन्द गर्नुपर्छ भन्नेचाहिँ मेरो मान्यता छ । किनभने सीमाबन्द नगरिएको राष्ट्र हुँदैन भन्ने मेरो विचार हो ।’

अमेरिकी राष्ट्रपति बन्न चाहिने योग्यता
— अमेरिकामा जन्मिएको अमेरिकी नागरिक हुनुपर्ने
— ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने
— १४ वर्षदेखि लगातार अमेरिकामा बसेको हुनुपर्ने
— दुईपटकभन्दा बढी कोही पनि राष्ट्रपति बन्न सक्दैन
— राष्ट्रपतिका लागि अयोग्य व्यक्ति उपराष्ट्रपतिका लागि पनि अयोग्य हुन्छ
— अमेरिकी राष्ट्रपतिले केवल अंग्रेजी भाषा जाने पुग्छ

‘हाम्रो देश आप्रवासीहरुको हो । म आफैं एक आप्रवासी सन्तान हुँ । आप्रावासीको कथा व्यथा, मेरो कथा व्यथा र हाम्रो कथा व्यथा नै अमेरिकाको कथा व्यथा हो । मेहेनती परिवार नै आफ्ना बच्चाको उज्जवल भविष्यका लागि अमेरिका आइरहेका छन् । उनीहरुले आफ्ना छोराछोरीको भविष्यसहित अमेरिका पनि बनाइरहेका छन् ।’
—बर्नी स्यान्डर्स

Barni sanders


‘प्रत्येक अमेरिकीहरु च्याम्पियन व्यक्ति चाहना राख्छन्, म त्यही च्याम्पियन बन्न चाहन्छु । आप्रवासीहरुका हकमा म सधैं सकारात्मक छु ।
—हिलारी क्लिन्टन

Hillari

‘अमेरिकी मूल्य मान्यताअनुसारको व्यक्ति राष्ट्रपति हुने हो भने मुसलमान उपयुक्त हुँदैन । जब कि अमेरिकी संविधानले त्यस्तो रोकतोक गरेको छैन । तर मलाई भने मुसलमान व्यक्ति राष्ट्रपति नभएकै उचित लाग्छ ।’
—बेन कार्सन

Ben carson

आप्रवासी नीतिले अमेरिकाको विकासमा ठूलो फेरबदल ल्याउँछ । त्यसैले यसमा परिवर्तन चाहिन्छ । आप्रवासीका लागि नीति भने उनीहरुको तलब वृद्धि लगायत विषय हुन् । सीमामा सिल बन्द गर्नुपर्छ भन्नेचाहिँ मेरो मान्यता छ । किनभने सीमाबन्द नगरिएको राष्ट्र हुँदैन भन्ने मेरो विचार हो ।
— डोनाल्ड ट्रम्प

Donald Trump