मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो खेलीने

कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो खेलीने


अक्टोबर ०८, २०१४, कोलोराडो, अमेरीका
 
कोलोराडो निवासी नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको शहरहरु बोल्डर, लङमन्ट र अरोरामा देउसी भौलो खेल्ने भएका छन् ।
 
 कोलोराडोमा कृयासिल नेपाली घरको आयोजनामा तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपाल लगायत अन्य स्थानीय संघ संस्थाको सहयोगमा नेभेम्वर ११ देखि १४ सम्म देउसी भैलो खेलीन लागेको हो ।  बिशेष गरि नया“ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन  तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषँ र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको हो । यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् ।   
 
यसरी देउसी भैलो खेलीने स्थानहरुमा नोभेम्वर ११ सांझ बोल्डर स्थित मीडोज कम्यूनिटी हल, नोभेम्वर १२ सांझ एभरेष्ट रेष्टुरेन्ट लङमन्ट, नोभेम्वर १३ सांझ अरोरा र नोभेम्वर १४ सांझ बोल्डरको कोर्डहाउस अगाडी खेलिने तयारी रहेको नेपाली घरका सचिव लक्ष्मण रानाले बताएका छन् ।
 
 देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती, पहिचाहन गराउन पाउने यस्तो अवसरमा आयोजकले सकेसम्म सबैलाई आ–आनो जातीय पहिरनमा आउन आग्रह गरेको छ । छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल, महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन अनुरोध गरिएको छ ।
 
 नेपाली घरले नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेष भुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो  लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले देउसी भैलोबाट संकलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताएको छ ।