हिमालय खबर संबाददाता- कोलोरोडो (अमेरिका)। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आज वुधवार कोलोराडो स्थित डेनभर आउने भएका छन् । निजी भ्रमणमा अमेरिका आएका वरिष्ठ नेता पौडेलले मंगलवार सान्फ्रान्सिस्कोमा सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । उनी त्यहांवाट कोलोराडो आउन लागेका हुन् । दुई दिने डेनभर बसाईका क्रममा पौडेलले जनसम्पर्क समिति अमेरिका कोलोराडो च्याप्टरले विहिवार सांझ आयोजना…