मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टर्कीका सैनिक कु १२ घण्टा नहुँदै असफल

टर्कीका सैनिक कु १२ घण्टा नहुँदै असफल


 
हिमालय खवर संवाददाता
ड्यालस (अमेरिका)- टर्कीमा झण्डै १२ घण्टा लामो तनाव बीच सेनाको एउटा घटकले सत्ता नियन्त्रणमा लिन गरेको प्रयास सैनिक कु असफल भएको छ। राष्ट्रपति रेसेप तपीय एर्दुवाले शनिवार देश आफ्नो सरकारको नियन्त्रणमा रहेको घोषणा गरेका छन्।
जनता, नागरिक सरकार प्रति वफदार सेना र प्रहरीले संयुक्तरुपमा सैनिक कु असफल वनाएका हुन्।  सेनाको एउटा घटकले विद्रोह गरेर संचार माध्यम लगायत महत्वपुर्ण स्थल कव्जा गरेको केही घण्टा लगत्तै राष्ट्रपति एर्दुवा सडकमा आएर जनतालाई सैनिक कु विरुध्द सामना गर्न अनुरोध गरेका थिए। सर्वसाधारण नागरिक कु को विरुध्द सकडमा आई प्रर्दशनीहरु गरेका थिए। यो क्रममा १ सय ९० जनाले ज्यान गुमाएका छन। 
मृत्यु हुनेमा विद्रोहमा सरिक १ सय ४ जना सेना छन्। ४१ जना प्रहरी र ४७ जना सर्वसाधारण नागरिक मारिएको राष्ट्रपतिबाट सैनिक कु कै क्रममा नियुक्त नयाँ सेना प्रमुख जनरल उमित दुँदारले जनाएका छन्। यो घटनामा १ हजार भन्दा वढी घाइते भएको राष्ट्रपति समर्थक सेनाले जनाएको छ। टेलिभिजन च्यानलले झण्डै २०० सेनाले एंकरामा प्रहरी सामु आत्मसमपर्ण गरेको दृष्य प्रसारण गरेका थिए।
राष्ट्रपतिले सेनाको घटकले गरेको यो विद्रोहरूलाई विश्वासघात भन्दै दोषीलाई कडा कारवाही हुने चेतावनी दिएका छन्। 
विद्रोहमा सरिक २ हजार ८ सय भन्दा वढीलाई गिरफ्तार गरिएको सीएनएनले जनाएको छ। सैनिक कु का वेला राष्ट्रपति एर्दुवा इस्तानवुलमा थिएनन। सैनिक कु भएको केही घण्टा पछि उनी इस्तानवुल स्थित एटाटु्रक विमानस्थलमा आई सैनिक कुका विरुध्द आफु पनि लड्ने र जनतालाई पनि सडकमा आउने आग्रह गरेका थिए। 
विद्रोही सैनिकले इस्तानावुल र एंकरामा कव्जा गर्ने प्रयास गरेका थिए। विद्रोहीले कुका क्रममा सरकारी संचार माध्यमका एंकर मार्फत सैनिकले सत्ता हातमा लिएको, मार्सल ल लागु गरिएको घोषणा गर्न लगाएका थिए। सीएनएनको कार्यालयमा भित्र पसेर विद्रोहीले प्रसारण बन्द गर्न भनेका थिए। तर, राष्ट्रपतिको एर्दुवाको अनुरोधसँगै हज्जारौं टर्कीसहरु सडकमा ओर्लिएका थिए। राष्ट्रपतिको सरकार समर्थक सेना र प्रहरीले जनतालाई साथ दिएका थिए।
राजनीतिक रुपमा अति विभाजित टर्कीमा सैनिक विद्रोहका इतिहास नयाँ भने होइन । सन् १९५० देखि २००० सम्म पाँच वटा सैनिक कु भएका थिए। सन् २०१४ मा राष्ट्रपति नियुक्त भएका एर्दुवालाई पनि विपक्षी पार्टीलाई स्थान नदिएको आरोप लगाईएको छ। एर्दुवा सन् २००३ मा प्रधानमन्त्री नियुक्त भएका थिए। उनले सन् २०१४ मा प्रधानमन्त्रीवाट हटेका थिए। त्यस लगत्तै राष्ट्रपति भए। उनी आउनु अहिले राष्ट्रपति पद औपचारिक मात्र थियो। तर, उनले संविधान परिवर्तन गरी वढी अधिकार लिन खोजेका थिए। एर्दुवा सरका  विपक्षीप्रति अनुदार रहेको आरोप लगाइन्छ। विपक्षी पार्टीले पनि सैनिक कुको विरोध गरेको थियो।
केही समय अघि आईएस आतंककारीको हमलाले अक्रान्त टर्की युरोपिएन मुलुक हो । अमेरिका नेतृत्वमा रहेको नेटोको महत्वपुर्ण राष्ट्र टर्कीमा मस्लिमको वाहुल्यता छ। अमेरिकालाई निकट सहयोगी झण्डै ८ करोड जनसंख्या रहेको टर्कीमा यसरी एकाएक सैनिक विद्रोह हुँदा सर्वसाधारण जनतासमेत अचम्ममा परेको सीएनएनले टिप्पणी गरेको छ।
 
तस्बीर साभारः एएफपी