मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्क आयोजना गर्ने लागिएको अन्तर्राष्ट्रिय व्यापार मेला विवादमा

न्युयोर्क आयोजना गर्ने लागिएको अन्तर्राष्ट्रिय व्यापार मेला विवादमा


हिमालयखवर संवाददाता
न्युयोर्क (अमेरिका) – नेपालका निजी क्षेत्रका उद्यमी व्यवसायीको मुख्य संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले न्युयोर्कमा गर्ने भनी प्रचार प्रसार गरिएको नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा आफ्नो कुनै सहभागिता नरहेको र प्रर्वद्धक रूपमा नराख्न र लोगो समेत प्रयोग नगर्ने चेतावनी दिएको छ । 
 
एफएनसीसीआई द्धारा जारी व्यक्तव्यमा मेलाका सम्बन्धमा गरिने कुनैपनि प्रचारात्मक कार्यक्रममा महासंघलाई प्रवद्र्धकको रूपमा नराख्नु र महासंघको लोगो समेत प्रगोग नगर्नु भनी महासंघका तर्फबाट २०७३ असार ६ र असार १६ गते उक्त संस्थालाई पत्राचार भईसकेको कुरा पनि जानकारी गराउंछौं भन्ने उल्लेख छ । 
 
उक्त मेला सेप्टेम्बर ३० देखि २ अक्टोबरसम्म न्युयोर्कमा आयोजना गर्ने भनी प्रचार प्रसार गरिएको छ । नेपालको व्यापार प्रर्वद्धनका लागि मेला आयोजना गर्ने आयोजकले दाबी गरेका थिए । नेपालको निजी क्षेत्रको मुख्य संस्था एफएनसीसीआईले आफ्नो संलग्नता नहरेको वताएपछि मेला विवादमा परेको हो । यस अघि पनि अमेरिकामा आयोजना गरिएको यस्तै मेला विवादमा परेको थियो । यही कारण तत्कालीन उद्योग मन्त्रीले पद गुमाएका थिए । 
महासंघले विज्ञप्तिमा अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको उक्त मेलामा यस महासंघको कुनैपनि संलग्नता नभएको स्पष्ट पार्दै भनिएको छ , उक्त मेलामा महासंघको संलग्नता  बारे कुनै प्रकारको भ्रममा नपर्न सम्बन्धित सबैमा स्पष्ट गर्न चाहन्छौँ । एफएनसीसीआईले मौखिक रूपमा पनि आयोजकलाई महासंघको नाम प्रयोग नगर्ने भनेको स्मरण गराएको समेत विज्ञप्तिमा उल्लेख छ । 
 
अमेरिकामा व्यवसाय गर्दै आएका सानुवावु सिलवालले आफ्नो फेसबुकमा यो मेला गलत आशयले गर्न लागिएको आरोप लगाउंदै आयोजक माथि थुप्रै प्रश्न उठाएका छन् । मेलालाई उनले मानव तस्करीसंग जोडेर प्रश्नहरू उठाएका हुन् ।