मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन ए सि कन्भेन्सनको आर्थिक हिसाब सार्वजनिक

एन ए सि कन्भेन्सनको आर्थिक हिसाब सार्वजनिक


हिमालयखवर संवाददाता
क्यालिफोर्निया (अमेरिका) अमेरिकामा रहेका बिध्यार्थीहरुको साझा संस्था एफ वान ग्रुप को आयोजनामा क्यालिफोर्नियाको  हलिउड नगरी लसएन्जल्स शहरमा पहिलो नेप्लिज अमेरिकन कन्भेन्सन (एन ए सि)को  गत २०१६ जुलाई १ देखि ४ सम्म भब्य रुपमा कन्भेन्सन सम्पन्न गरिसकेको सबैलाई सर्वविदितै छ ।
 
यो कन्भेन्सन  सम्पुर्ण युवाहरुको पहलमा एक अर्का विचको अनुभवहरु आदान प्रदान ,आफ्नो राष्ट्र निर्माण र सम्वृदिका लागि एक हुने उध्येश्य अनुरूप गरिएको हो ।
 
सम्पन्न कन्भेन्सनको आर्थिक हिसाब किताव आयोजक प़क्षले हिजो सार्वजनिक गरेका छन् ।
 
कार्यक्रमको कुल ख़र्च १३४,९९९.६७ अमेरिकी डलर भएको छ भने बचत रक़म ३,६४९.३३ अमेरिकी डलरबाट ५० प्रतिशत नेपालका पिछडिएका चेपाङ बस्तीमा सहयोग गरिने र ५० प्रतिशत एफ वान ग्रुपमा नै रहने जानकारी प्रमुख कन्भेनर  बिश्व सुबेदीले जानकारी  गराउनु भयों ।