हिमालय खबर संबाददाता, लस एन्जल्स (अमेरिका) - यहि १५ अप्रिल २०१६ मा नेपाल अमेरिका एकता समाजको आयोजनामा तारा हिमालयन रेष्टुरेन्टमा नयाँ वर्ष २०७३ साँझ भव्यताका साथ सम्पन्न भयो । लसएन्जल्स बासी नेपाली समुदायका सम्पूर्ण समुदाय सदस्यहरुको बिचमा शुभकामना आदानप्रदान गर्दै स्थानिय कला संस्कृतिको संरक्षण एंव प्रवर्दन गर्ने उध्येश्यका साथ गरिएको कार्यक्रममा लसएन्जल्सबासी नेपालीहरुको बाक्लो…