चितवन । नारायणी नगरपालिका–३, बुद्धनगर घर भएका साउदी अरबस्थित किफाह रेडी मिक्स कम्पनीमा कार्यरत एक युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
३१ वर्षीय ओमप्रकाश डुम्रेको सोमबार सवारी दुर्घटनामा ज्यान गएको हो । कम्पनीमा डिजेल ट्याङकर चालकका रुपमा कार्यरत डुम्रेको साउदीस्थित दमामबाट अल्हसा जाने क्रममा आफैँले चलाइरहेको सवारी साधन पल्टिएर मृत्यु भएको बुझिएको छ । मृतकका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया