मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्रम्प रिपव्लिकन पार्टी तर्फवाट राष्ट्रपतिका आधिकारिक उम्मेदवार

ट्रम्प रिपव्लिकन पार्टी तर्फवाट राष्ट्रपतिका आधिकारिक उम्मेदवार


हिमालयखवर संवाददाता
न्युयोर्क (अमेरिका)- पुरानो सत्तारुढ पार्टी जीओपी भनिने रिपव्लिकन पार्टीबाट अगामी नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनका लागि डोनाल्ड ट्रम्म आधिकारिक उम्मेदवार चयन भएका छन् । 
 
ओहाओको क्लिभल्याडमा भइरहेको रिपव्लिकन पार्टीको महाधिवेशनको दोस्रो दिन भएको मतदानमा ट्रम्पले कुल २ हजार ४ सय ७२ मध्ये १७ सय २५  पार्टी प्रतिनिधिको मत प्राप्त गरी पार्टीको आधिकारिक उम्मेदवार भएका हुन् । पार्टीका अर्का राष्ट्रपति उम्मेदवार टेड क्रुजले ४८४ डेलिगेटको समर्थन पाएका छन् । भेलाका अध्यक्षता गरिरहेका सभामुख पाउल रायनले ट्रम्प आधिकारिक उम्मेदवार भएको घोषणा गरेका हुन् । 
 
चार दिन सम्म सञ्चालन हुने उक्त महाधिवेशन सोमबार देखि सुरु भएको हो । अर्को प्रतिपर्धी पार्टीका सभावित राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको विरोध गर्दै उक्त सम्मेलन सुरु भएको थियो । लिवियाको बेन्गाजीमा अमेरिकी दूतावासमा भएको हमलामा क्लिण्टनलाई दोषी भएको आरोप भेलाका वक्ताहरुले लगाएका थिए । उक्त हमलामा लविया स्थित अमेरिकी राजदूत लगायत अन्य ४ जनाले ज्यान गुमाएका थिए । त्यसवेला क्लिण्टन विदेश मन्त्री थिइन् । सहभागी पार्टी प्रतिनिधिले हिलारीलाई जेल हाल्नु पर्ने सम्मको प्लेकार्डहरु प्रर्दशन गरेका थिए । 
 
बैठकको सुरुको दिन डोनाल्ड कि पत्नि मेलिनाले सम्बोधन गरेकी थिइन । सुरुमा  मेलिनाको सम्बोधनलाई सबैले प्रशंसा गरेपनि केही बेरपछि सन् २००८ मा प्रथम महिला मिचेत ओबामाले दिएको भाषण सँग केही अंश मिलेपछि उनको आलोचना सुरु भएको थियो । स्लोभानियामा जन्मेकी पूर्व मोडल मेलिानाले १० वर्ष अघि मात्र अमेरिकाको नागरिकता लिएकी थिइन् । १८ वर्ष अघि मेलिना र ट्रम्पको विवाह भएको थियो । 
 
महाधिवेशनमा ट्रम्पलाई उम्मेदवार हुन नदिन रोक्ने प्रयास पनि भएका थियो । तर, भेलाले यसलाई स्वीकार गरेन ।