काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नयाँ पुस्तामाझ स्थापित गर्नुपर्नेमा जोड दिए । उनले राणाकालीन अवस्था, तत्कालीन गरिबी तथा निरंकुश निर्दलीय…