काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिँदै गएको साङ्गठनिक किचलो र आधिकारिकताको विवाद थप पेचिलो बन्दै गएको छ ।
इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता एनपी साउदले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित नगरिएसम्म पार्टीभित्र वास्तविक एकता सम्भव नरहेको स्पष्ट पारेका छन् ।
पार्टीको आन्तरिक विवाद अदालतको ढोकासम्म पुगिसकेको प्रसङ्ग उल्लेख गर्दै नेता साउदले वैधानिक अस्तित्वको निर्क्यौल नभएसम्म वार्ता र सहमति औपचारिकतामा सीमित हुने दाबी गरे ।
विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै उनले बहुमत र प्रक्रियालाई मिचेर गरिने कुनै पनि निर्णयले कांग्रेसलाई एकजुट बनाउन नसक्ने ठोकुवा गरे ।
अदालतमा विचाराधीन आधिकारिकताको मुद्दा र आन्तरिक गुटबन्दीका बीच कांग्रेसभित्रको राजनीतिक सङ्क्रमण झन् जटिल मोडमा पुगेको विश्लेषकहरू बताउँछन् ।












प्रतिक्रिया