राजनीति-समाज

देशका निम्ति कांग्रेस एक हुन जरूरी छ : शेखर कोइराला

देशका निम्ति कांग्रेस एक हुन जरूरी छ : शेखर कोइराला


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । कांग्रेस संस्थापनइतरका नेता शेखर कोइरालाले मुलुकको हितका निम्ति पार्टी एक हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “देशका निम्ति कांग्रेस एकढिक्का हुन जरुरी छ । अनि मात्रै अन्य दलसँग सहकार्य गर्न सकिन्छ । अन्य शक्तिसँग मिलेर काम गर्दा राष्ट्रियतालाई मजबुत गर्न सकिन्छ ।”

Advertisement

कांग्रेस एकढिक्का हुनेबित्तिकै अन्य दलहरूसँग सहमति, सहकार्य र एकता गरेर अघि बढ्नुपर्ने उनले बताए । दलबाहेकका शक्तिहरूसँग पनि मिलेर काम गर्दै राष्ट्रियतालाई मजबुत गर्न सके देशको भविष्य नै उज्ज्वल हुने उनको भनाइ छ ।