राजनीति-समाज

चुनावी मैदानमा गगन आफूसँगै पार्टीलाई खाल्डोमा हाले : खडका

चुनावी मैदानमा गगन आफूसँगै पार्टीलाई खाल्डोमा हाले : खडका


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा आफू र पार्टी नै खाल्डोमा परेको बताएका छन् ।

शुक्रबार इतर पक्षको भेलालाई सम्बोधन गर्दै खड्काले भने, “विशेषबाट सभापति बनेका थापा सर्लाहीको चुनावको मैदानमा गएर खाल्डोमा पर्नुभयो, पार्टी पनि खाल्डोमा पर्‍यो ।”

Advertisement

विशेषलाई रोक्न त्यतिबेला भएको सहमतिबारे स्मरण गर्दै खड्काले रमेश लेखक र दुई महामन्त्रीबीच लामो छलफल भएको बताए ।

१५औँ महाधिवेशनको लागि पुसमा कार्यतालिका ल्याउने र क्रियाशील सदस्यता संयोजन समितिका सदस्य थापाले टुङ्ग्याएर कार्यसमितिलाई बुझाउने, यदि भ्याइयो भने वडाको अधिवेशन सुरु गने, फागुनमा चुनाव भए वैशाखमा अधिवेशन, वैशाखमा चुनाव सरे फागुनको अन्तिम वा चैतको दोस्रो हप्तामा महाधिवेशन गर्ने महामन्त्रीको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको बताए ।

सभापति देउवाले विदेशमा हुँदा पनि सबैलाई विशेष महाधिवेशन रोक्न भनिएको उनले स्मरण गरे । तर, एकैपटक विज्ञप्ति निकालेर १५औँ महाधिवेशनका सबै कार्यक्रम स्थगित गरेर विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति निकालेको खड्काको भनाइ छ ।

महामन्त्रीसहितका पाँचजनाले कार्यसम्पादन समितिमा फरक मत राखेका कारण परिस्थिति फरक बनेको उनले बताए । पार्टी मिलाउन आफू लाग्दा कांग्रेसबाटै सञ्चालित सञ्जालबाट आफूलाई असक्षम भनेर अपमान गरिएको खड्काको आरोप थियो ।