काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले उजुरी परेकै आधारमा सार्वजनिक पदाधिकारीलाई दोषी ठहर गर्दै चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलप्रति असन्तुष्टि जनाएका हुन् ।
गत बुधबार बसेको लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले खरिद प्रक्रियासम्बन्धी उजुरीलाई लिएर नेपाल प्रहरीका प्रमुखसहित गृह प्रशासनका अधिकारीमाथि प्रश्न उठाएका थिए । उक्त बैठकमा गृहमन्त्री गुरुङ उपस्थित थिएनन् ।
गृहमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव, सहसचिव तथा प्रहरी प्रमुखप्रति गरिएको व्यवहारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।












प्रतिक्रिया