राजनीति-समाज

देउवालाई पक्राउ नगरेको भनेर गैरकांग्रेसी रोइरहेका छन् : पूर्वमुख्यमन्त्री कार्की

देउवालाई पक्राउ नगरेको भनेर गैरकांग्रेसी रोइरहेका छन् : पूर्वमुख्यमन्त्री कार्की


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले शेरबहादुर देउवालाई पक्राउ नगरेको भनेर कांग्रेसकै नेताहरु रोइरहेको आरोप लगाएका छन् । इतरपक्षको भेलालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य समेत रहेका कार्कीले, पार्टी कार्यालयमा देउवालाई किन पक्राउ गरिएन भनेर रोइरहेको बताएका हुन् ।

उनले देउवा स्वदेश फिर्ता हुँदा कुनै दलले विरोध नगर्दा नक्कली कांग्रेसहरुले स्याल हुइयाँ गरेको आरोप लगाए । “हिजो एमालेले विरोध गरेन, माओवादीले विरोध गरेन, रास्वपाले गरेन,” कार्कीले भने, “तर, कांग्रेसको चारतारे झन्डा ओढेको भनेर नक्कली व्यक्तिहरुले किन पक्डिएन भनेर स्यालको हुइँया छ ।”

Advertisement

उनले देउवाले भनेझैँ, ‘ज्ञानेन्द्रले नसकेको प्रजातन्त्र खोस्न अरुले सक्दैन । हामी ढुक्क छौँ, अब हामी लडाई लड्ने’ बताए । कांग्रेसमा अहिले पुरना नेतालाई अपमान गर्ने गरिएको र कार्यालयलाई गैरकांग्रेसी रजगज गर्ने थलो बनाइएको उनको आरोप छ ।

“नेताहरु पञ्चायतमा राजाको पालामा जेल जानुभयो, आँखा फ्टदा कांग्रेस छाड्नुभएन, जेल जाँदा, छोराछोरी रुँदा, बाउ मर्दा कांग्रेस छाड्नुभएन । ती नेतालाई अपमान गरेर पार्टी चलाउँछु भन्ने अपराधीको मानसिकताबाट पार्टीलाई हामीले बचाउनु छ,” कार्कीले भने । पार्टी कार्यालयमा चटके र अपरिपक्व नेतृत्व सलबलाइरहेको आरोप उनले लगाए ।

“टिकटकको सुटिङ गरेर पार्टीलाई छियाछिया बनाएका छन्,” कार्कीले भने, “गैरलोकतन्त्रवादी, गैरकांग्रेस, केही कम्युनिष्टका बुद्धिव्यवसायीलाई राखेर कांग्रेसका नेता र अग्रजलाई गाली गर्ने तालिम लिइरहेका छन । हाम्रो क्रियाशील, रगत र पसिनाले बनेको पार्टी कार्यालयमा गैरकांग्रेसलाई रजगज गर्ने अधिकार छैन ।”