पहिरो जोखिमका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह

ललितपुर । भूकम्पबाट बढी प्रभावित पहिराको जोखिममा रहेका केही जिल्लाका बस्ती जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्नुपर्नेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले जोड दिएको छ ।    यहाँ आज आयोजित ‘भूकम्पीय विस्तापन, जनसाङ्ख्यिक परिवर्तन तथा निर्वाचन क्षेत्र’ विषयको अन्तक्र्रियामा भूगर्भविद्ले भूकम्पले प्रभावित विभिन्न स्थानमा धाँजा फाटेको हुँदा वर्षात्का बेला पहिरो जान सक्ने चेतावनी दिनुभयो ।   …