मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आर्थिक विकास मुलुकको मुख्य एजेण्डा –अर्थमन्त्री डा महत

आर्थिक विकास मुलुकको मुख्य एजेण्डा –अर्थमन्त्री डा महत


काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले मुलुकको मुख्य एजेण्डा आर्थिक विकास हुनुपर्नेमा जोड दिनुभएको छ । 
 
अर्थमन्त्री डा महतले राजनीतिक विवाद र भाषणमा अलमल नगरी अब आर्थिक वृद्धिमा लाग्नुपर्ने बताउँदै राजनीतिक दलहरूबीच अधिकतम सहमति गरी तत्काल संविधान निर्माण गर्नुपर्छ भन्नुभयो । 
 
नेपाल अडिटर्स एसोसिएसन (अडान) को दशौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले लेखापरीक्षकहरूको पेसागत सुरक्षा, क्षमता अभिवृद्धि र क्रियाशीलताका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
 
लेखामान, लेखापरीक्षणमान र आचारसंहिताको पालनालाई प्रभावकारी बनाउन जरुरी रहेको बताउँदै विश्वव्यापीकरण र उदार अर्थतन्त्रका भावनाहरूलाई आत्मसात गर्न अर्थमन्त्री डा महतले आग्रह गर्नुभयो ।
 
सभासद् एवम् अडानका सदस्य नरबहादुर चन्दले संविधान सहमतिको दस्तावेज भएको हुँदा सबैको सबै अधिकारभन्दा पनि केही अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्ने धारणा राख्नु भयो । 
–ः ५४ ः–
 
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले पेसागत मूल्य मान्यतालाई ध्यान दिइ अडिटरले सच्चा लेखा परीक्षकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 
 
अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले अडानका सबै सदस्यहरू सामाजिक सुशासन, आर्र्थिक अनुशासन र समग्र समृद्धिमा प्रतिबद्ध रहेको बताउँदै उनीहरूको हकअधिकार र जिम्मेवारीलाई कुण्ठित नगर्न आग्रह गर्नुभयो । 
 
सो कार्यक्रममा अर्थमन्त्रीले नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान)का नवनिर्वाचित अध्यक्ष प्रकाश खनाल र उपाध्यक्ष महेश खनाल तथा लेखापरीक्षकमध्ये विद्यावारिधि गरेका डा चन्द्रमणि अधिकारी, डा मस्तबहादुर गरञ्जा, डा घमानसिंह खडका, डा भोलाप्रसाद दाहाल, डा नारायण पौडेल, डा खेमप्रसाद श्रेष्ठ, डा दिलीपलाल कर्ण, डा देउमान साम्वाहम्फे, डा शेषरमण न्यौपाने, डा हेमराज भण्डारी, डा जयन्तनाथ खनाल, डा पुष्पराज शर्मा र डा माधव रानाभाटलगायतलाई सम्मान गर्नुभएको थियो । 
 
सोही अवसरमा आज दिउँसो आयोजित खुला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको थियो । रासस