मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चार दलबीच ६ प्रदेशमा सहमति जुट्दै

चार दलबीच ६ प्रदेशमा सहमति जुट्दै


काठमाडौँ ।  प्रमुख चार राजनीतिक दलका शीर्ष नेता नयाँ संविधानका अधिक चासोका विषय छिट्टै टुङ्ग्याउने प्रयासमा जुटिरहनुभएको छ । 
 
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका अतिरिक्त संविधानका अन्य महत्वपूर्ण विषयमा केन्द्रित रहेर अहिले सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा छलफल भइरहेको छ ।
 
“छ प्रदेशमा केन्द्रित रहेर त्यसलाई आजै टुङ्ग्याउने गरी छलफल भइरहेको छ,” नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षहरू सम्मिलित बैठकबारे जानकारी दिँदै वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले भन्नुभयो । 
 
यसैबीच, नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सबै पक्षलाई मान्य हुने गरी संविधान निर्माणमा केन्द्रित रहेर गम्भीर रुपमा छलफल भइरहेको तथा आजै सबै विषय टुङ्ग्याउन प्रयासरत भएको बताउनुभयो । 
 
कार्यदलमा रहनु भएका दोस्रो पुस्ताका नेता तथा  विशेष समितिका पदाधिकारीले समानान्तर ढङ्गले काम गरिरहनुभएको छ । 
 
बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी हुनुहुन्छ । रासस