मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाहाखानीवासीलाई प्रवासी नेपालीको सहयोग

दाहाखानीवासीलाई प्रवासी नेपालीको सहयोग


चितवन । वैशाख १२ गतेको विनाशकारी भूकम्पले चितवनका विभिन्न पहाडी गाविसमा पनि ठूलो क्षति पु¥यायो । तर सरकार, स्थानीय निकाय, स्थानीय दलका नेताहरुको भने अझै ध्यान पुग्न सकेको छैन । 
यसैबीच, दाहखानी १ कापेका ११ घरपरिवार भूकम्पपीडितहरुले भने भूकम्प गएको लामो समयपछि सहयोगस्वरुप जस्तापाता पाएका छन् । उनीहरुलाई कापे स्थायी घर भई विगत २५ वर्षदेखि आइसल्याण्ड बस्दै आएका ७ जनाले राहतस्वरुप जस्तापाता वितरण गरेका हुन् । 
भूकम्पले क्षति पु¥याएपछि त्यहाँका स्थानीयहरु अस्थायी टहरोमा बसिरहेका थिए । बर्खाको समयमा बस्नको लागि समस्या झेलिरहेका स्थानीय जस्तापाता पाएपछि भने खुसी भएका छन् । 
जस्ता पाएपछि यसपालीको वर्षायाममा पनि सजिलैसँग बस्न पाउने भयो भन्दै भूकम्पपीडित ईश्वर गुरुङले खुसी व्यक्त गरे । सदरमुकाम भरतपुरसँग सिमाना जोडिएको गाविस भएर पनि जिल्लाका सरकारी निकाय तथा राजनैतिक दलहरुको नजर नपुगेको स्थानीय झपन गुरुङले जानकारी दिए । 
गुरुङका अनुसार आइसल्याण्डवासीले भूकम्पले आप्mनो जन्मभूमिलाई पनि बाँकी नराखेको भन्दै २ लाख रुपैयाँ पठाएका थिए । सहयोगस्वरुप आएको सो रकमले जस्तापाता किनेर वितरण गरिएको गुरुङले जानकारी दिए ।
सहयोग रकम पठाउनेहरुमा दाहाखानी गाविस–१ स्थित कापे घर भई हाल आइसल्याण्ड बस्दै आएका आशकुमार गुरुङ, डम्मरबहादुर गुरुङ, रामकृष्ण गुरुङ, कृष्ण गुरुङ, भीम गुरुङ, सुमाया गुरुङ, इन्दिरा बोहोरालगायत रहेका छन् ।