मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्वोच्चद्वारा सञ्जय साहलाई रिहा गर्न अस्वीकार

सर्वोच्चद्वारा सञ्जय साहलाई रिहा गर्न अस्वीकार


काठमाडौँ । सर्वोच्च अदालतले जनकपुर बम काण्डका अभियुक्त  धनुषा क्षेत्र नम्बर ४ बाट संविधानसभाको सदस्यमा निर्वाचित भएका सञ्जय साहलाई रिहा गर्न अस्वीकार गरेको छ ।
 
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो बम काण्डमा प्रारम्भिक रुपमा दोषी देखिएको भन्दै साहलाई रिहा गर्न आज अस्वीकार गरेको हो ।
 
विसं २०६९ वैशाख १८ गते जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको बम काण्डमा दोषी देखिएको भन्दै प्रहरीले संविधानसभाका सदस्य साहलाई पक्राउ गरेको थियो । आफू निर्दोष भएको भन्दै धनुषा जिल्ला अदालतमा साहले आफूलाई रिहा गर्न माग गरेका थिए ।
 
धनुषा जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेपछि साहले पुनरावेदन अदालत जनकपुरमा निवेदन दिएको थिए । सो अदालतले पनि धनुषा जिल्ला अदालतकै आदेशलाई सदर गरी रिहा गर्न अस्वीकार गरेको थियो । पुनरावेदनले पनि रिहा गर्न अस्वीकार गरेपछि साहबाट आफू निर्दोष भएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
 
सर्वोच्च अदालतले प्रारम्भिक रुपमा देखिएको प्रमाणबाट दोषी नै भएको देखिएकाले साहलाई रिहा गर्न नमिल्ने जनाएकाले साह थुनामै रहने भएका छन् । सद्भावना पार्टीका साहले आफूलाई राजनीतिक रुपमा समाप्त गर्न फसाइएको अदालत समक्ष बयान दिएका छन् । प्रहरीले घटनासँग सम्बन्धित अडियो टेप पनि अदालतमा पेस गरेको छ । सो अडियो टेपमा साह मुछिएको प्रत्यक्ष देखिएको बताइएको छ । तर साहले भने  सो टेप नक्कली भएको जिकिर गर्दै आएका छन् । रासस