महेन्द्र राजमार्गको भाँचिएको पुलबाटै जोखिम मोलेर ओहोरदोहोर

नवलपरासी । पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्डअन्तर्गत गैंडाकोट जयश्री खोलामा पुल भत्केको लामो दिन हुँदा पनि भरपर्दो आवगमनको व्यवस्था भएको छैन । जोखिम मोलेरै रिक्सा, साइकल, मोटरसइकल र पैदलयात्रुहरु भत्केकै पुलबाट ओहोरदोहोर गर्छन् । सोमबार साँझ पुल भत्केपछि अझै सहज रुपमा गाडी ओहोरदोहोर हुन सकेको छैन । ‘दुई दिन त पुलबाट जानआउन रोकेका…