अनियमित विद्युत् कटौती विरोधमा परासी बन्द

नवलपरासी । अनियमित विद्युत् कटौती हटाउनुपर्ने माग राख्दै आज आह्वान गरिएको नवलपरासीको सदरमुकाम परासी बन्दको प्रभाव यहाँ परेको छ । बन्दका कारण जिल्लाको सदरमुकाम परासीसहित आसपासका क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था पूर्णरूपमा बन्द छन् । बन्दका कारण परासीबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन छुटेका छैनन् । अनियमित एवम् अनावश्यक विद्युत् कटौती हटाउन…