काठमाडौँ । नयाँ संविधानमा जनताको भावना र चाहनालाई आत्मसात् गर्नुपर्नेमा सभासद्हरुले जोड दिनुभएको छ । विगतका आन्दोलन, सहमति तथा सम्झौताका आधारमा संविधानको मस्यौदा नआएको, जनचाहनालाई सम्बोधन नगरिएको भन्दै उहाँहरुले कमजोरी तथा जनताका असन्तुष्टिलाई सम्बोधन गरी मस्यौदालाई थप परिमार्जित गर्नुपर्ने बताउनुभयो । संविधानसभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा…