मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमांकनपछि नवलपुरवासीले दीपावली गरे

सीमांकनपछि नवलपुरवासीले दीपावली गरे


नवलपरासी । संघीय सीमांकनपछि नवलपरासी टुक्रिएपछि दीपावली मनाउन व्यस्त नवलपुरवासीले सोमबार नवलपुरका विभिन्न ठाउँमा स्वागत तथा सदभाव ¥याली निकालेका छन् ।
 
नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश ४ मा राखिएपछि नवलपरासीका कावासोती, गैंडाकोट र देवचुली नगरपालिका र ३० गाविसलाई समेटेर नवलपुर जिल्ला बनाउन र मुलुकमा हाल भैरहेको आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढाउन दबाब दिने उद्देश्यले नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारा, रजहर, दुम्कीबासलगायतका क्षेत्रमा स्वागत र सदभाव ¥याली गरिएको गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले बताए । 
 
गैंडाकोट उद्योग वाणिज्य संघको अगुवाइमा बिहान गैंडाकोटमा निकालिएको स्वागत र सदभाव ¥यालीमा स्थानीय राजनीतिक दल, संघसंस्था, उद्योग व्यवसायी प्रतिनिधिहरु र स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले बताए । 
 
¥यालीमा सहभागीहरुले नवलपरासी जिल्लाको नवलपुर क्षेत्रलाई प्रदेश ४ मा राख्नु स्वागतयोग्य भएको धारणा राखेका थिए । प्रशासनिक, भौगोलिक र हरेक दृष्टिकोणले पनि नवलपरासी जिल्लाको नवलपुर क्षेत्रलाई विभाजन गर्न आवश्यक रहेको र सोहीअनुसार निर्णय हुनु अत्यन्त सकरात्मक भएको अध्यक्ष भट्टचनले बताए । 
 
संघीय सीमांकनको विरोधमा जिल्लाको परासीमा केही दिनयता भैरहेको आन्दोलन अराजक र अनियन्त्रित भएपछि नवलपुरवासीले त्यसको स्वागत गर्दै र समाजमा अराजकताको अन्त्य होस् भन्ने उद्देश्यले सदभाव ¥याली निकाल्दै संघीय सीमांकनको विरोध गरिरहेका विभिन्न समुदायलाई सामाजिक सदभाव राख्न उनीहरुले आग्रह गरेका देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष धर्मराज बस्यालले बताए ।