नवलपरासी । २० दिनअघि भाँचिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटमा पर्ने जयश्री खोलाको पुलको एकतर्फी सञ्चालनको लागि बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।
गत साउन १२ गते सो पुल भाँचिएपछि एक हप्तासम्म यातायात पूर्ण रुपमा ठप्प भएको र खोलामा डाइभर्सन बनाइ जोखिममा यातायात सञ्चालन गरिए पनि सो पनि टिकाउ नभएपछि अहिले एकतर्फी बेलिब्रिजको निर्माण कार्य भैरहेको र सो निर्माण अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
जयश्री खोलामा पुल भाँचिएपछि सो खोलामा डाइभर्सन बनाइ एकतर्फी बाटो मुस्किलले सञ्चालन भए पनि सो राजमार्ग अत्यन्त व्यस्त भएकाले पनि डाइभर्सनले काम गर्न नसकेपछि अहिले एकतर्फी बेलिब्रिजको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।
बेलिब्रिजको निर्माण अन्तिम चरणमा पुगेको र पाँच दिनमा सो निर्माण कार्य सकिने सडक डिभिजन कार्यालयले जनाएको छ । सो बेलिब्रिज निर्माण सम्पन्न भएपछि राजमार्गमा यातायात अवरुद्ध हुने समस्या नआउने जनाइएको छ । बेलिब्रिज सञ्चालनमा आएपछि एक पटकमा एउटा गाडीमात्र गुड्ने जनाइएको छ ।
प्रतिक्रिया