मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपुरलाई छुट्टै जिल्ला बनाउन माग

नवलपुरलाई छुट्टै जिल्ला बनाउन माग


नवलपरासी । नवलपुरवासीले नवलपुरलाई छुट्टै जिल्ला बनाउन माग गरेका छन् । उनीहरुले ६ प्रदेशको सीमांकन गर्दा नवलपुरलाई चार नम्बर प्रदेशमा राखिएकोमा स्वागत गरेका छन् । उद्योग वाणिज्य संघ गैंडाकोटमा आइतबार बसेको सर्वपक्षीय बैठकले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा राख्ने निर्णयको स्वागत गर्दै मैनबत्ती प्रज्ज्वलन र शान्तिपूर्ण ¥याली निकालेको छ । 
 
नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश ४ मा राखिएपछि खुसी भएका स्थानीयले आइतबार नवलपुर क्षेत्रको गैंडाकोट, रजहर, दलदले, कावासोती, चोरमारा, दुम्किबासलगायतमा स्वागत ¥याली गरिएको थियो । नवलपुरवासीले दाउन्ने पूर्वको क्षेत्रलाई प्रदेश नम्बर ४ मा र दाउन्ने पश्चिमको क्षेत्र प्रदेश नम्बर ५ मा राख्ने निर्णयको स्वागत गरेका छन् । नवलपुर क्षेत्रका उद्योग व्यवसायीहरुले नवलपुरलाई छुट्टै जिल्ला बनाउनसमेत माग गरेका छन् ।
 
गैंडाकोट उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र नवलपुर उद्योग वाणिज्य संघले संयुक्त रुपमा विज्ञप्ति निकालेर नवलपुर क्षेत्र छुट्टै जिल्ला हुनुपर्ने माग गरेका हुन् । नेकपा एमालेका नेता तथा नवलपरासी क्षेत्र नम्बर ४ का सभासद बैजनाथ चौधरीले नवलपरासी अखण्ड हुनुपर्छ भन्दै गरिएको आन्दोलनको कुनै तुक नभएको बताए ।
 
¥यालीलाई सम्बोद्धन गर्दै थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय महामन्त्री मझीलाल थारु थनेतले नवलपरासी जिल्लाको पाहाडी जिल्ला रुचाङ, डेढ गाँउ लगायतका पहाडी क्षेत्रका जनताले सदियौदेखि दुख पाएको हुदा देश संधिततामा जादा कावासोतीलाई सदरमुकाम कायम गरी भिन्दै नवलपुर जिल्ला निर्माण गर्नु पर्ने बताए ।