मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा कुकले समेत जाँच्छन् बिरामी !

चितवनमा कुकले समेत जाँच्छन् बिरामी !


चितवन । चितवनको सरकारी अस्पतालभित्र एक युवकले डाक्टरको भेषमा बिरामी जाँच गरेका छन् । ‘कुक’ काम गर्ने चितवन विजयनगर ५ का ३० वर्षीय विजय चौधरी डाक्टरको भेष (एप्रोन) लगाएर अस्पतालको संवेदनशील कक्षहरुमा प्रवेश गरी बिरामी जाँच गर्दै हिँडे ।

बिरामी जाँच गरी हिँड्ने बेलामा अन्ततः उनी प्रहरी फन्दामा परे । निजी अस्पतालको एप्रोन लगाएर चौधरी शनिबार दिउँसो सरकारी अस्पतालमा प्रवेश गरेर बिरामी जाँच गर्न थालेका थिए । बिरामी जाँच गर्दा उनलाई सबैले सक्कली डाक्टर नै ठाने । अस्पतालमा रहेका सुरक्षा गार्डदेखि नर्ससम्मले उनलाई सबैलाई डाक्टर मानेका थिए । अस्पाल स्रोतअनुसार बिरामी जाँचेर हिँड्ने बेलामा कुरुवासँग पैसा मागेपछि अन्ततः चौधरी सुरक्षा गार्डको फन्दामा परेका थिए ।

नयाँ मेडिकल कलेज भरतपुरका डाक्टरहरुले प्रयोग गर्ने एप्रोन लगाएर चौधरी भरतपुर अस्पतालभित्र छिरेका चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीले मादक पदार्थ सेवन गरी अस्पतालभित्र छिरेका थिए ।

प्रहरीसँगको प्रारम्भिक बयानमा उनले धोएर सुकाएको ठाउँबाट एप्रोन लगाएर हिँडेको बताएका छन् । चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीका अनुसार चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीअगाडि बढाइएको छ ।

‘यस घटनाको विषयमा गम्भीर रुपमा अनुसन्धान भइरहेको छ’ डिएसपी अधिकारीले बताए । अस्पतालको संवेदनशील कक्षमा छिरे पनि थप गतिविधि गर्न भने नपाएको प्रहरीको भनाइ छ । चितवन मेडिकल कलेजको एप्रोन पाए भन्ने विषयमा बुझ्न खोज्दा नयाँ त्यहाँको प्रशासनले बेवास्ता गरेका थिए ।

यसरी नै नक्कली डाक्टर बनेर गत साउन ५ गते बेलुकी भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलमा र सरकारी अस्पतालमा मापसे गरी भरतपुरका डायमण्ड श्रेष्ठ डाक्टर भन्दै प्रसूति वार्डमा प्रवेश गरेका थिए ।

पेशाले प्राध्यापक रहेका उनले त्यहाँ रहेका महिलाहरुमाथि यौन दुव्र्यवहार सेमत गरेका प्रहरीको भनाइ छ । उनीविरूद्ध जबर्जस्ती करणी प्रयासको मुद्दा चलाइएकोमा हाल यस मुद्दा सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

कार्यालयले केही दिनमा यस मुद्दा चितवन अदालतमा बुझाउने तयारी गरिरहेको कार्यालयका कर्मचारीले जानकारी दिएका छन् ।

‘अस्पतालको बदनाम’
चितवनको भरतपुरलाई मेडिकल सिटीको रुपमा चर्चा गरिँदै आए पनि यस्ता गतिविधिले गर्दा यहाँका अस्पतालको बदनाम हुँदै आएको छ । केही सक्कली डाक्टरहरुले उपचारमा लापरबाही गरी पेटभित्र पाइप छोडेका छन् । नारायणी सामुदायिक अस्पतालमा उपचार गर्न आएकी एक महिलाको पेटभित्र पाइप छोडिएको थियो । यस्ता गलत कार्यले अस्पतालप्रति जनताको विश्वसनीयता गुम्दै गएको छ ।

अस्पताल प्रशासनको गैरजिम्मेवारीका कारण पछिल्लो समय चितवनका निजी तथा सरकारी अस्पताल बदनाम हुँदै गएका छन् । ‘डाक्टरहरुकै कारण यस्ता घटना भएका हुन्’ भरतपुरका दिवेश पाण्डेले भने, ‘आफ्नो परिचय दिने परिचयपत्र पनि नलिई डाक्टरहरु बिरामी मसार्न पुग्छन् ।’

भरतपुरका विभिन्न अस्पतालहरुमा जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गर्ने भनिए पनि काम भने हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आन्तरिक सुरक्षा व्यवस्थापनमा कडा गर्न सबै निजी अस्पताललाई मौखिक निर्देशन दिए पनि हात लाग्यो शून्यजस्तै भएको छ ।