मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुनः शक्तिमा आउने पूर्व राष्ट्रपति राजपाक्छेको दाबी

पुनः शक्तिमा आउने पूर्व राष्ट्रपति राजपाक्छेको दाबी


कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेले आफू पुनः सत्तामा आउने बताएका छन् । उनले सोमबारबाट सुरू भएको आमनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएमा आफूले जित्ने र पुनः सत्तामा आउने धारणा सोमबारै राखेका हुन् । आफूले सत्ता छोडेको केही महिनापछि सम्पन्न हुन लागेको यस निर्वाचनमार्फत् आफू पुनः सत्तामा आउन लागेको कुरा उनले बताएको समाचारमा जनाइएको छ ।
 
श्रीलङ्कामा आगामी कार्यकालका लागि संसदीय निर्वाचनको मतदान सोमबार हुन लागेको हो । श्रीलङ्काली संसदको २२५ जना सांसदका लागि आज सो निर्वाचन हुन लागेको हो । यस निर्वाचन श्रीलङ्काको कानुन बमोजिम वर्षदिन पहिला नै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले यसैवर्षका लागि आह्वान गरेका हुन् ।
 
सोमबार बिहानबाट सुरु भएको यस निर्वाचनको मतदान अपरान्ह ४ बजेसम्म जारी रहने छ । सम्भवत मङ्गलबार नै यसको परिणाम सार्वजनिक हुने बताइएको छ । यस निर्वाचनमा पूर्व राष्ट्रपति राजपाक्छेले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्नुभएको छ । राजपाक्छे पनि युनाइटेड पिपुल्स फ्रिड्म अलाइन्सका तर्फबाट उम्मेदवार बन्नुभएको छ । 
 
तर राष्ट्रपति सिरिसेनाले भने कुनैपनि हालतमा राजपाक्छे प्रधानमन्त्री बन्न नसक्ने बताउँदै आएका छन् । उनले यदि राजपाक्छे शक्तिमा आउने हो भने आफूले प्रधानमन्त्रीको शक्ति कटौती पनि गरिदिने सम्मको धम्की पनि दिएका छन् । केही महिनाअघि भएको राष्ट्रपतीय निर्वाचनबाट राजपाक्छे पराजित हुनुभएको थियो । उहाँकै मन्त्रिमण्डलका एकजना सदस्य रहनुभएका सिरिसेना राष्ट्रपति बनेका हुन् । रासस / एएफपी