चितवन । चितवनको क्षेत्रीय होटल संघ सौराहाको संयोजनमा डेढ दर्जन सरकारी निकाय तथा स्थानीय संघसंस्थाको आयोजनामा मंगलबार चितवनको बछौलीमा धान दिवस अर्थात् असार १५ विशेष कार्यक्रमका सम्पन्न भएको छ । चितवनका सीडीयो, एसपी र एलडीओलगायत धेरै अधिकारीहरु असार १५ धान दिवसमा किसानको खेतमा पसेर हिलोमा मज्जैसँग रमाएका थिए । उच्च अधिकारीहरु बाउसे र हली…