मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमान् विदेशमा हुनेका श्रीमतीहरु आफ्नो नामको जग्गा बिक्री गर्दै

श्रीमान् विदेशमा हुनेका श्रीमतीहरु आफ्नो नामको जग्गा बिक्री गर्दै


पाँचथर । महिलाको नाममा जग्गा पास गरेपछि जिल्लामा यसले विकृत रुप लिन थालेको छ । पछिल्लो समय महिलाको नाममा जग्गा पास गराएवापत छुट दिन थालेपछि जिल्लामा वर्षेनि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
 
तर महिलाको नाममा जग्गा पास गराउँदा समस्या पनि उत्पन्न हुन थालेको छ । कार्यालयका सूचना अधिकारी दिनेशप्रकाश अधिकारीले श्रीमतीको नाममा जग्गा पास गराएर विदेश गएका पुरुषहरु श्रीमती दोश्रो विवाह गरेर गएको अवस्थामा नामसारी गर्न आउने गरेको बताउनुभयो ।
 
उहाँका अनुसार नामसारी गराउन भन्दै महिनामा ५र६ जना पुरुषहरु आउने गरेका छन् । नामसारीका लागि जिल्ला अदालतबाट कानुनी उपचार खोज्न उनीहरुलाई आग्रह गरिएको अधिकारीको भनाई छ । यसैबीच दलित, अपाङ्ग, सहिद परिवार र वृद्धहरुलाई जग्गा पास गर्ने क्रममा २५ प्रतिशत राजस्वमा छुट दिँदै आएको छ ।
 
जिल्ला मालपोत कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष सयभन्दा बढिको नाममा जग्गा पास भएको छ । कार्यालयका सूचना अधिकारी तथा नायव सुव्वा दिनेशप्रकाश अधिकारीले विभिन्न गाविसका ८ सय ४० जना र नगरपालिका क्षेत्रका ४ सय २२ जना महिलाको नाममा जग्गा पास भएको छ ।
 
सरकारले महिलाको नाममा जग्गा पास गराउँदा नगरपालिका क्षेत्रमा २५ प्रतिशत र नगरपालिका बाहिरका गाविसकालाई ३० प्रतिशत राजस्व छुट दिँदै आएको छ । यसले गर्दा महिलाको नाममा जग्गा पास गराउनेहरु जिल्लामा बढ्दै गएका छन् । महिलाको नाममा जग्गा पास गराउँदा परिवारमा झै–झगडा नहुने,महिलाले पनि भू –स्वामित्व ग्रहण गर्ने र बेमेल नहुने गरेको बताइएको छ ।
 

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares