काठमाडौँ । नेकपा (एमाले) स्थायी समितिले पार्टीको सहमतिबिना ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि कुनै पनि प्रकारको संशोधन प्रस्ताव नराख्न आफ्ना सभासद्लाई निर्देशन दिएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले संशोधनको मस्यौदामाथि के कस्तो संशोधन गर्ने भन्नेबारे संसदीय दलले तोकेको आधिकारिक व्यक्तिले मात्र…