मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारत पाकिस्तान सीमा रक्षकस्तरमा वार्ता

भारत पाकिस्तान सीमा रक्षकस्तरमा वार्ता


नयाँ दिल्ली, २४ भदौ । भारत र पाकिस्तानबीच राजधानी नयाँ दिल्लीमा तीनदिने सीमा रक्षकस्तरको वार्ता बिहीबारबाट सुरु भएको छ । 
 
भारतको सुरक्षा बलतर्फका महानिर्देशक र पाकिस्तानका रेन्जरहरूबीच सुरु भएको यस वार्तामा द्विपक्षीय हितका विषयका साथै युद्धविरामको बारम्बार उल्लङ्घनको विषयमा सो वार्ता हुने जनाइएको छ । 
 
दुई पक्षबीच जारी यस वार्तामा सकारात्मक मुद्दाहरू उठाइने सीमा सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
केही हप्ता दुईबीच हुने भनिएको राष्ट्रिय सुरक्षा सल्लाहकार स्तरको शान्ति वार्ता विवादमा परेर रोकिएपछि यो नै भारत र पाकिस्तानबीचको सुरक्षास्तरको पहिलो वार्ता भएको जनााइएको छ । रासस / सिन्ह्वा