काठमाडौं: राजधानीको चुच्चेपाटीमा सञ्चालित भाटभटेनी सुपरमार्केटमा काम गर्दै आएका दुई सुरक्षा गार्ड चोरीको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट चोरीका समानसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा रामेछाप गेलु घर भएका शेरबहादुर बुढाथोकी र नुवाकोट कालिकास्थान घर भएका दुर्गाबहादुर भण्डारी छन्। प्रहरीले भण्डारीको गोंगबु बानियाँटारस्थित डेराबाट चोरीका थुप्रै सामान बरामद गरेको छ। चार वर्षदेखि…