कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चितकालीन पूर्व बन्द

पाँचथर । बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै सङ्घीय लिम्बूवान पार्टी नेपालले आजदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बिहानैदेखि परेको छ ।   बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभालगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका यातायातका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्…