काठमाडौँ । सरकारले चालु आवको लागि ल्याएको बजेट अत्यन्त कमजोर, छरपष्ट र असन्तुलित रहेको जनाउँदै सच्याउनुपर्ने आवश्यकतामा सांसद्हरूले जोड दिनभएको छ । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकअन्र्तगत आज कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था, शान्ति तथा पुनःनिर्माण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि छुट्याएको बजेट र प्रस्ताव गरिएका कार्यक्रममाथि भइरहेको छलफलमा भाग…