मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अफगानिस्तानमा ९४ जना तालिवान र १२ सैनिक मारिए

अफगानिस्तानमा ९४ जना तालिवान र १२ सैनिक मारिए


काबुल, २४ भदौ । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँका राष्ट्रिय सेनाको सञ्जालले गत दुई दिनभित्र गरेको आतङककारीविरुद्धकोे कारबाहीमा ९४ जना आतङ्ककारी मारिएको जनाइएको छ ।

सोही अवधिका छुट्टाछुट्टै ती आक्रमणहरूमा परी १२ जना सेनाले पनि ज्यान गुमाएका जानाइएको छ । अफगान गृह मन्त्रालयले विहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

Advertisement
ADVERTISEMENT

तालिवान आतङ्ककारीहरूका विरुद्धमा गत ४८ घन्टायता अफगानिस्तानका १४ वटा प्रान्तमा शृङ्खलाबद्ध रूपमा जारी यस कारबाहीमा अन्य ७६ आतङ्ककारी घाइते हुनुका साथै चार जना पक्राउ परेका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका क्रममा सेनाले सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गगरी ३० वटा बम निष्क्रिय बनाएको बताइएको छ । 

तालिवान आतङ्ककारी समूहले यस आक्रमणको हालसम्म कुनै टिप्पणी भने नगरेका जनाइएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारीविरुद्ध कारबाही जारी राखेका छन् ।

केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । तर कतिपय क्षेत्रमा तालिवानहरूले पनि सुरक्षाकर्मीमाथि जाइलाग्ने गरेका छन् ।

अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । रासस/सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares