देवघाट । चितवनको पवित्र तीर्थस्थल देवघाटधाम अव्यवस्थित हुँदा पनि धार्मिक पर्यटकको आगमन भने बढ्दो छ । देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलका अनुसार वार्षिक झन्डै १० लाख पर्यटकले देवघाट घुम्ने गरेका छन् । देवघाटमा मुख्यगरी साउन महिना र माघे सङ्क्रान्तिमा भक्तजन अत्यधिक आउने गर्दछन् । साउनको अन्तिम सोमबार पनि राति ३ बजेदेखि नै…