मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राखौँ : राष्ट्रपति

सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राखौँ : राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आआफ्ना स्थानबाट सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्म नछाडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकालपर्यन्त अक्षुण्ण राखेर मनुष्य जन्म सफल बनाउनुपर्ने बताउनुभएको छ । 
 
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति आदिले विविधतायुक्त देशलाई एकताका रुपमा आबद्ध गरी विविध जातीय एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुगेकाले सबैले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ । 
 
यसैगरी राष्ट्रपति डा यादवले सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा यस पर्वका माध्यमबाट वर्तमानमा देखापर्न थालेको आपसी मनमुटावका सङ्केत मेटाउँदै जातीय सद्भाव, सहिष्णुता एवम् राष्ट्रिय एकता कायम राख्न सफल हुन सकौँ भन्ने शुभकामना दिनुभएको छ ।  
 
उहाँले देवाधिदेव महादेवकी धर्मपत्नी पार्वतीको महिमा दर्साउँदै हरेक वर्षको भदौ महिनामा करिब एक हप्तासम्म मनाइने यस पर्वले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै सबैबीच समझदारी र भाइचाराको भावना कायम गर्न प्रेरणा मिल्ने पनि बताउनुभएको छ । रासस